कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चौधरीमाथि आक्रमणको आरोपमा विप्लव समूहका ३ जना पक्राउ

पक्राउ परेकाहरु नेकपाका जिल्ला सचिवालय सदस्य
डीआर पन्त

धनगढी — सोमबार राति कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि आक्रमण गरेको आशंकामा पक्राउ परेका तीनजना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिवालय सदस्य रहेका छन् ।

चौधरीमाथि आक्रमणको आरोपमा विप्लव समूहका ३ जना पक्राउ

प्रहरीले पक्राउ परेको विप्लव समूहका कार्यकर्ता भएको बताए पनि त्यस विषयमा पुष्टि गरेको छैन । विप्लव समूहका एक केन्द्रीय सदस्यका अनुसार प्रहरीले पक्राउ गरेका पवित्र भनिने कमल क्षेत्री, हृदय बोगटी र भरत शाह रहेका छन् । तीनैजना नेकपाको कैलाली जिल्ला सचिवालय सदस्य हुन् । कैलालीको देवकलीया घटनापछि नेकपाले विज्ञप्ति जारी गरी चौधरीलाई जनसत्ताले कारबाही गर्ने चेतावनी दिएको थियो ।

पक्राउ परेका तीनैजनाले प्रहरीसमक्ष अहिलेसम्म घटनामा संलग्न रहेको स्वीकार गरेका छैनन् । तर नेत्र विक्रम नेतृत्वको नेकपा कार्यकर्ताले पार्टीको निर्देशनअनुरुप नै नगरप्रमुख माथि सांघातिक हमला गरेको एक उच्च स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार देवकलीया घटना लिएर मात्र नभई नगरपालिकामा आर्थिक अनियमितता गर्दै आएकाले उनी कारबाहीको सूचीमा रहेको बताएका छन् ।

देवकलीया घटना लगत्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नगरप्रमुख चौधरीलाई कारबाही गर्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले नगरप्रमुखलाई सुरक्षा दिने योजना बनाएको थियो ।


नगरप्रमुख चौधरीले आफैं त्यस किसिमको सुरक्षाको आवश्यकता महसुस नगरेका कारण स्थानीय प्रशासनले पनि सुरक्षा दिने विषयमा थप प्रयास नगरेको हो ।


प्रकाशित : फाल्गुन २९, २०७४ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?