१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

करेन्ट लागेर मृत्यु

कान्तिपुर संवाददाता

रामेछाप — रामेछापको मन्थलीमा घर वाइरिङ गर्ने क्रममा विद्युत् चुहावट भइ मंगलबार अपरान्ह एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुलीको कमलामाइ नगरपालिकाका ३५ वर्षीय भूपेन्द्र थापा रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार मन्थली-१, आकाशेका देवेन्द्र श्रेष्ठको घरमा वाइरिङ्ग गरिरहेको बेला थापालाइ करेन्ट लागेको थियो ।


उनलाई तत्कालै उपचारका लागि अस्पताल पुर्‍याए पनि उपचार संभव भएन । उनको शव पोस्टमार्टम गरी परिवारलाई बुझाइने थापाले बताए ।



प्रकाशित : फाल्गुन २९, २०७४ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?