कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२०१८ मा मोदी र सी नेपाल आउने परराष्ट्रमन्त्रीको दाबी

काठमाडौँ — नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ मा नेपालमा उच्चस्तरीय अन्तर्राष्ट्रिय भ्रमणहरु हुने बताएका छन् । उनले यही वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउने दाबी गरे ।

२०१८ मा मोदी र सी नेपाल आउने परराष्ट्रमन्त्रीको दाबी

सन् २०१८ मा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने र नेपालबाट पनि राष्ट्रपति र प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमण गर्ने स्पष्ट पारे । शनिबार रिपोर्टर्स क्लवमा उनले भने, ‘सन् २०१८ मा द्विपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन्, यो हिसावले पनि सन् २०१८ नेपालको लागि महत्वपूर्ण हुनेछ।’


हालै नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको र चिनियाँ राष्ट्रपति जिनपिङ सन् २०१६ मा नै नेपाल आउने तयारी गरेकोले २०१८ मा दुवै जना नेपाल आउने उनको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विदेश भ्रमणको गृहकार्य सुरु भएको बताउँदै उनले सम्भवत: भारतबाटै भ्रमण सुरुवात हुने संकेत गरे ।

प्रकाशित : चैत्र ३, २०७४ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?