कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुट मिलाउन मन्त्रालय फुटाइयो : गगन थापा

रमेशकुमार पौडेल

चितवन — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सासंद गगन थापाले सरकारले पार्टी भित्रका गुट मिलाउन मन्त्रालय फुटाएको आरोप लगाएका छन् । 

गुट मिलाउन मन्त्रालय फुटाइयो : गगन थापा

चितवन रत्ननगरमा आइतबार सुरू भएको नेपाल निजामती कर्मचारी युनियन (संघ) को सातौं अधिवेशन उद्घाटन कार्यक्रममा थापाले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसक्ने दाबी गरे । ‘दुई तिहाई जनमत भएको सरकारले आफ्नो पार्टी भित्रको गुट मिलाउन मन्त्रालय फुटाउँछ । यो सरकारले जनताको पक्षमा सोचेकै छैन भन्ने प्रष्ट भइसक्यो,’ उनले भने ।


०६२/६३ को आन्दोलनपछि सबैभन्दा धेरै वामपन्थीहरु सत्तामा बसेका भन्दै थापाले देशको दुरावस्थाको जिम्मा उनीहरूले बढी लिनुपर्ने उनकाे भनाई थियाे ।


एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता र गणतन्त्र तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय व्यवस्था मन नपरेको भन्दै उनले संघीयता, गणतन्त्र र संसदीय व्यवस्था जोगाउन कांग्रेस जिम्मेवार हुनुपर्ने थापाले बताए ।

प्रकाशित : चैत्र ४, २०७४ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?