२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

आगो लगाएर २ सन्तानको हत्या

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमकी २५ वर्षीया तारा केसीले आफ्ना २ नाबालकलाई मट्टितेल छर्किएर आगो लगाएर हत्या गरेकी छन् । 

आइतबार राति साढे दश बजे बाँसको कत्तरले बेरेको कटेजभित्र छोराछोरी राखेर उनले आगो लगाएकी हुन् । आगोले डढेर ४ वर्षीय छोरा विपिन खत्री र २ वर्षीया छोरी रमिता खत्रीको ज्यान गएको छ । आगलागीबाट कटेज पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रकुमार सिंह ठकुरीका अनुसार घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चोप्राङ्गबाट पुगेका सुरक्षाकर्मीले तारा खत्रीलाई नियन्त्रणमा लिएका छन् । मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकामतर्फ ल्याइदै गरेको उनले बताए ।


घटनाको प्रारम्भिक अनुसन्धानमा पति दिलबहादुर खत्रीले कान्छी श्रीमति ल्याएको र आफुसंग नबसेको आवेशमा तारादेवीले आफ्नै सन्तानलाई आगो लगाएकी हुन् । दिलबहादुरले केही वर्ष अघिनै कान्छि श्रीमति ल्याएका थिए । कान्छीबाट पनि २ सन्तान रहेको खुलेको छ ।

प्रकाशित : चैत्र ५, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?