कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिचान खुलेका २३ बंगलादेशीको शव विशेष सैनिक विमानबाट ढाका लगिँदै 

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूस-बंगलाको विमान दुर्घटनामा परी मृत्यु भएका २६ जना मध्ये पहिचान भएका २३ जनाको शव सोमबार बंगलादेश लैजान लागिएको छ ।

पहिचान खुलेका २३ बंगलादेशीको शव विशेष सैनिक विमानबाट ढाका लगिँदै 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूस-बंगलाको विमान दुर्घटनामा परी मृत्यु भएका २६ जना मध्ये पहिचान भएका २३ जनाको शव सोमबार बंगलादेश लान लागिएको छ ।


बंगलादेशी सरकारले शव लिनका लागि त्यहाँको वायु सेनाको सैनिक विमान काठमाडौं पठाएको थियो । यहाँबाट लगिएका शवलाई सुरुमा राजधानी ढाकास्थित सैनिक रंगशालामा श्रद्धाञ्जलीका लागि राखिने छ । श्रद्धाञ्जली दिनका लागि प्रधानमन्त्री शेखहसिना वाजेद पनि रंगशाला जाने बताइएको छ । तत्पश्चात शवहरुलाई अन्तिम संस्कारका लागि परिवारको सदस्यलाई दिइने बंगलादेशी मिडिया ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।

शवहरुलाई सुरुमा काठमाडौंस्थित बंगलादेशी राजदूतावासमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।


यूएस-बंगला एयरलाइन्सको विमानमा विमानस्थलमा अवतरणको क्रममा दुर्घटना हुँदा घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाँको मृत्यु भएको थियो ।


२६ बंगलादेशीमध्ये २३ जनाको सनाखत भएको छ भने बाँकी सनाखतको प्रक्रियामा छन् ।


यस्तै दुर्घटनामा परी घाइते भएका १० जना बंगलादेशीमध्ये २ जनाको सिंगापुर एकजनाको दिल्ली र ६ जनाको ढाकामा नै उपचार भइरहेको छ ।


बंगलादेशी सरकारले विमान दुर्घटनामा आफ्ना नागरिकको मृत्यु भएकाले राष्ट्रिय शोकको समेत घोषणा गरेको थियो ।

प्रकाशित : चैत्र ५, २०७४ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?