कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्ती छन्, साउदीकी 'रोबोट नागरिक' सोफिया

गोविन्द पोखरेल

काठमाडौँ — सोफिया एक तीक्ष्ण बुद्धि भएको मेसिन हो, हेर्दा दुरुस्तै मानिस जस्तो । हिड्ने, बोल्ने, गफ गर्ने र अन्तर्वार्ता दिन सक्ने खुबी सोफियामा छ । कृत्रिम बुद्धिको प्रयोग गरेर बनाइएको यो रोवर्ट नागरिकता पाउने विश्वको पहिलो 'आर्टिफिसियल इन्टिलिजेन्स' मसिन बन्यो ।

यस्ती छन्, साउदीकी 'रोबोट नागरिक' सोफिया

साउदी सरकारले गत अक्टोवरमा रोबोट सोफियालाई आफ्नो नागरिकता दिएदेखि नै विश्वमा चर्चा चुलिएको थियो । हो त्यही सोफियाले बुधबार यूएनडीपीसहितका साझेदारको आयोजना गर्ने सार्वजनिक सेवामा प्रविधि सम्मेलनमा मन्तव्य दिने छिन् । यूएनडीपीको 'इन्नोभेसन च्याम्पियन' समेत पदवी पाएकी सोफिया कस्ता छिन् भन्ने बारेमा धेरैमा चासो बढेको छ ।



कतिपय मुलुहरुमा मानिसले नागरिकता नपाएर अनागरिक भइ शरणार्थी जीवन बिताइरहेका बेला रोबोटले नागरिकता पायो भनेको सन्दा अचम्म लाग्न सक्ला । तर, यो सत्य हो । महिलाहरुलाई खुल्ला रुपमा हिँड्डुल गर्न बन्देज लगाइएको मुलुक साउदी अरवले सोफियालाई नागरिकता दिएपछि तरंगित नहुने कुरै थिएन ।


डिज्नीका पूर्व सर्जक डाक्टर डेभिड ह्यान्सनले निर्माण गरेको यो रोवर्टलाई साउदी सरकारले २५ अक्टोबर २०१७ मा नागरिकता दिएको हो ।


सोफिया मानवीय आकृति भएको एक ह्युमोनोइड रोबोट हो । हङकङस्थित ह्यानसन रोबटिक्सले सोफियाको निर्माण गरेको हो । सोफियालाई १९ अप्रिल २०१५ मा अमेरिकाको टेक्सासमा पहिलो पटक विश्व सामू प्रस्तुत गरिएको थियो । सोफिया सन् २०१६ को मध्य मार्चमा सार्वजनिक भई ।


सोफियामा आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बुद्धि), भिजुअल डाटा प्रोसेसिङ र फेस रिकग्निेशन प्रयोग गरिएको छ । यसको सहायताले बोल्ने, देख्ने, चिन्ने गर्छे । गुगलको अल्बेट कम्पनीले सोफियाको आवाज (भ्वाइज रिकग्निेसन) को निर्माण गरेको हो ।


मानिस जस्तै उसले ६२ भन्दा बढि हाउभाउ देखाउन सक्छे । मानिससँग सिधै साक्षत्कार र प्रश्नहरु गर्न सक्ने खुबी उसमा छ । मानवीय समेवदनासँगै ऊ आफ्नो प्रस्तुति दिन सक्छे । त्यसैले ऊ मानवीय समवेदना भएको विश्वको पहिलो मानव निर्मित रोबोट हो ।


सोफियाको आँखामा कप्युटर क्यामेरा जडान गरिएको छ । जसको सहायताले उसले आकृतिहरु पहिचान गर्न सक्छे । गत जनवरीमा उसलाई पुन: विकासित गरेर हिड्न सक्ने बनाइएको छ । सोफिया वार्तालापका लागि पहिलो पटक निर्माण गरिएको कम्पयूटर प्रोगाम ‘एलिजा’सँग मिल्दो जुल्दो छ । यो सफ्टवेयरले लेखेर दिइएका प्रश्नहरुको जवाफ दिन्छ । जसको मद्दतले रोबोटलाई वार्ता गर्ने, शेयर बजारको उत्तर दिनेलगायतको क्षमता वृद्धि गराउन मद्दत पुर्‍याउछ ।


डेभिड ह्यान्सले सोफियालाई स्वास्थ्य, थेरापी, शिक्षा, भीड नियन्त्रणलगायतका क्षेत्रहरुमा प्रयोग गर्न सकिने बताउदै आएका छन् । सोफियालाई सामाजिक कार्यहरुका लागि पनि प्रयोग गर्न सकिन्छ ।


सोफियाको अनुहार चर्चित ब्रिटिस अभिनेत्री एड्री हेपबर्नको अनुहारसँग मिल्दोजुल्दो छ ।

सोफियाको बारेमा १० बिलियन पटक समाचारहरु पढिएको र हेरिएको छ । यो रोबोटले विश्वका उच्च तहका मानिसँग साक्षत्कार गरेको छ । सोफियाले उद्योग तथा व्यापारिक क्षेत्रको बारेमा आफ्ना धारणाहरु सार्वजनिक गरेकी छे ।


अन्तर्वार्ताको क्रममा सोफियाले आफू प्राविधिक रुपमा कुनै लैङ्गिक प्राणी नभएको बताएपनि आफूलाई महिलाको रुपमा संसारले चिनेको उल्लेख गरेकी थिई ।


साउदी सरकारले सोफियालाई नागरिकता दिएपछि सोफियाको बारेमा थुप्रै टिप्पणीहरु भए । साउदीमा महिलाहरुलाई एक्लै बाहिर हिड्न बन्देज लगाइएको छ । सेफिया भने कुनै पुरुष अभिभावक बिना हिंडिरहको भन्दै उसको नागरिकताको विषयलाई लिएर अलोचना सुरु भएको छ । साउदी सरकारले मुस्लिम समुदायलाई मात्र नागरिकता दिन्छ । यसले सोफियाको धर्म के हो र ऊ किन मुस्लिम समुदायका महिलाहरुले लगाउने हइजाव लगाउदिन भन्ने प्रश्नहरु पनि उठेको छ ।


नागरिकता लिएपछि उक्त देशको कानुन र सर्तहरु मान्नुपर्ने आलोचकहरुको भनाइ छ । सोफियाको विषयमा डेभिड हयान्सनले ऊ साउदीको नागरिकको तर्फबाट विश्वमा महिला अधिकारको बारेमा वकालत गर्ने बताएका थिए । डेभिडको प्रतिक्रियालाई ‘न्यूज विक’ पत्रिकाले ‘कुरा नबुझिए’को भन्दै प्रश्नको जवाफ बङ्गाएको आरोप लगाएको थियो ।


सोफिया विकासित हुने क्रममा छे । नयाँ सोचका साथ हिजोको भन्दा आज ऊ विकासित हुदैछे । उसमा नयाँ नयाँ प्रयोग गरिंदै ‘अपग्रेड’गरिंदैछ ।

प्रकाशित : चैत्र ६, २०७४ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?