कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली कागजात बनाउने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सुकेधारास्थित यातायात कार्यालयका उपसचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली कागजातका आधारमा नेपालीकरणका नाममा ठूलो संख्यामा लाइसेन्स जारी गरेको उजुरीमाथि छानबिनका क्रममा अख्तियारले उपसचिव सुन्दर भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नासु यादव पौडेलविरुद्ध मुद्दा दायर गरेको हो । २ हजार ३ सय १५ थान लाइसेन्स नेपालीकरणका क्रममा हालसम्म १ हजार ६ सय ९८ थानमाथि अनुसन्धान भएकोमा ८ सय ५५ वटा नक्कली भेटिएको थियो । उनीहरूमाथि ५ लाख ४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । कागजात मिलाइदिएर ८० हजार घूस लिएको भन्दै अख्तियारले लेखापढी व्यवसायी राजु सेढाईंविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

प्रकाशित : चैत्र ७, २०७४ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?