२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

उच्च अदालतमा न्यायाधीश नियुक्ति मुद्दाको निर्णय सुनाउने मिति फेरि सर्‍यो

काठमाडौँ — उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिमाथि प्रश्न उठाई सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला हुने मिति फेरि सरेको छ । निर्णय सुनाउने मिति बिहीबारका लागि तोकिएकोमा न्यायाधीश ओमप्रकाश मिश्रका कारण मुद्दा सरेको हो । 

उच्च अदालतमा न्यायाधीश नियुक्ति मुद्दाको निर्णय सुनाउने मिति फेरि सर्‍यो

निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको रुची र चासो जोडिएको उक्त मुद्दा न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा थियो । सोही इजलासले निर्णय सुनाउनुपर्नेमा न्यायाधीश मिश्र न्यायपरिषद्को सदस्य समेत बनेपछि मुद्दा हेर्न नमिल्ने अवस्थामा पुगेको हो । मुद्दामा न्यायपरिषद्लाई समेत विपक्षी बनाइएको थियो । आफू सदस्य रहेको परिषद्विरुद्धको मुद्दा न्यायाधीश मिश्रले हेर्न नमिल्ने भएको हो ।


अब मुद्दा कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी र वरिष्ठतम् न्यायाधीश मिश्र बाहेकको इजलासमा पेस गर्नुपर्नेछ । न्यायाधीशहरु फेरिएका कारण फेरि सुरुदेखि नै मुद्दाको सुनुवाई गर्नुपर्ने भएको छ ।

प्रकाशित : चैत्र ८, २०७४ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?