१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

महिला प्रतिनिधित्व छिट्टै ५० प्रतिशत पुर्‍याउँछौं : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले महिला प्रतिनिधित्व छिट्टै ५० प्रतिशित पुर्‍याउने दाबी गरेका छन् । राष्ट्रिय महिला उद्यमी महासंघले बिहीबार ललितपुरको सानेपामा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटनमा उनले अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगिसकेको बताए ।

महिला प्रतिनिधित्व छिट्टै ५० प्रतिशत पुर्‍याउँछौं : प्रधानमन्त्री

‘महिलाहरुले सुरुमा ३३ प्रतिशत आरक्षण माग्नुभएको थियो’ उनले भने, ‘स्थानीय तहदेखि संघीय संसद्सम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको छ । यसलाई हामी छिट्टै ५० प्रतिशत पुर्‍याउँदैछौं ।’


प्रधानमन्त्री ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिस्पर्धामा विश्वास गर्न आग्रह पनि गरे । ‘आरक्षण केही समयलाई हो । पछिलाई काम लाग्दैन’ उनले भने । महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिस्पर्धी क्षमता बिस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनि ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रकाशित : चैत्र ८, २०७४ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?