कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाको परीक्षामा ११ नक्कली परीक्षार्थी, १२ पक्राउ

काठमाडौँ — रिक्त सिपाही पदपूर्ति गर्न नेपाली सेनाले शनिबार लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

सेनाको परीक्षामा ११ नक्कली परीक्षार्थी, १२ पक्राउ

विभिन्न परीक्षा केन्द्रबाट ११ नक्कली परीक्षार्थी पक्राउ गरेको जानकारी नेपाल प्रहरीले दिएको छ । आफ्नो परीक्षा अर्कैलाई दिन लगाउने एक जना परीक्षार्थीसमेत पक्राउ परेका छन् ।


सीआईटी कलेज, कोटेश्वरबाट १० नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंमा वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले दिए । पोखरेलका अनुसार रत्नराज्य क्याम्पसबाट थप एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ परेका ११ जनाले अर्काको नाममा परीक्षा दिएका थिए । पक्राउ परेकामा ४ महिला र ८ पुरुष छन् । उनीहरूलाई परीक्षा सञ्चालन गरिरहेका नेपाली सेना र लोकसेवा आयोगको सहयोगमा पक्राउ गरिएको हो । पोखरेलले पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।


आफ्नो परीक्षामा पहिलोपटक नक्कली परीक्षार्थी भेटिएको दाबी सेनाको छ । यसअघि सुरक्षा निकायले लिने परीक्षामा नक्कली परीक्षार्थी भेटिने गरेका थिएनन् ।

प्रकाशित : चैत्र १०, २०७४ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?