चट्याङ लागेर मजदुरको मृत्यु
काठमाडौँ — भक्तपुरमा चट्याङ लागेर साेमबार एक जना मजदुरको मृत्यु भएको छ । चागुँनारायण–८ स्थित एक ईँटाभट्टामा कार्यरत हरिगढी नगरपालिका–५ बस्ने १७ वर्षीय सुरेन्द्र बेल तामाङको मुत्यु भएको हो ।
ईटाभट्टास्थित झ्याउली(छाप्रो)मा बसिरहेको अवस्थामा तामाङलाई सोमबार चट्याङ लागेको थियो ।
उपचारका क्रममा भक्तपुरको एक अस्पतालमा तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत जगातीका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
चट्याङका कारण मकवानपुर फापरबारी गाउँपालिका–५का १७ वर्षीया सन्जली योञ्जन घाइते भएकी छिन् ।
प्रकाशित : चैत्र १२, २०७४ १८:२७प्रतिक्रिया