कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा जिल्ला अदालत र प्रहरी कार्यालयबीच भिडियो कन्फ्रेन्स सेवा सुरु

काठमाडौँ — तनहुँमा जिल्ला अदालत र प्रहरी कार्यालयबीच भिडियो कन्फ्रेन्स सेवाको सुरुवात भएको छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले तनहुँ जिल्ला अदालतको निरीक्षण गर्नुका साथै कन्फ्रेन्सको समेत सुरुवात गरे ।

त्यसक्रममा अदालतका अधिकारीहरुले प्रहरी कार्यालयको थुनामा रहेका लागु औषध मुद्दाका एक थुनुवासँग कुराकानी गरेका थिए ।


न्यायपालिकाको रणनीतिक योजना अनुसार सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै न्यायका उपभोक्तालाई सहज न्याय प्रदान गर्ने उद्देश्य अनुसार तनहुँ जिल्ला अदालतले भिडियो कन्फ्रेसको सुरुवात गरेको हो । भिडियो कन्फ्रेन्सबाट बयान, वकपत्र जस्ता काम सहजै गर्न सकिने भएकाले सेवा माध्यम प्रभावकारी हुने कामु प्रधानन्यायाधीश जोशीले बताए ।


कामु प्रधानन्यायाधीश जोशीले सोमबार नै गोरखा जिल्ला अदालत समेत निरीक्षण गरेका छन् । भुकम्पबाट पूर्ण रुपमा प्रभावित भएको गोरखा जिल्ला अदालत पुनर्निर्माण प्राधिकरणबाट निर्माणाधीन अवस्थामा रहेको छ ।


कामु प्रधानन्यायाधीश जोशीले सर्वोच्च अदालतबाट केहि दिन अगाडि भएको निर्णय स्मरण गराउँदै जिल्ला अदालतका न्यायाधीश वा श्रेस्तेदार मध्ये एक जनाले अदालत नछाड्न निर्देशन दिए ।

प्रकाशित : चैत्र १२, २०७४ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?