युरोपियन युनियनको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप : नेता गच्छदार

रासस

विराटनगर — नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् । 

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गरे। “उनले नेपाली जनताले सार्वभौम संविधान सभाबाट जारी भएको संविधानप्रति कुनै विदेशी राष्ट्रले पुगेन भन्नु त्यो स्वतन्त्र राष्ट्रप्रति हस्तक्षेप हो भने।” उनले संविधानमा आरक्षणको प्रयोग नभएको स्पष्ट पार्दै जनसंख्याको आधारमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको सिट निर्धारण भएको हो भने।

नेता गच्छदारले सरकारको जिम्मेवार स्थानमा बसेका मन्त्रीबाट शेयरसम्बन्धी टिप्पणीबाट आज शेयर बजार खस्केको छ भन्दै आर्थिक विषयमा ध्यान पुर्‍याएर बोल्नुपर्नेमा जोड दिए।

प्रकाशित : चैत्र १४, २०७४ १५:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

व्यापारी पक्राउको विरोधमा चक्काजाम 

रवीन्द्र उप्रेती

महोत्तरी — विद्यूत चोरीको आरोप लगाएर व्यापारीलाई पक्राउ गरेको विरोधमा रामगोपालपुर अपरान्हदेखि तनावग्रस्त छ ।

विद्यूत चुहावट नियन्त्रणका लागि खटिएको सुरक्षाकर्मीसहितको टोलीले रामगोपालपुर ५ का पान पसलका सञ्चालक बेचन चौधरीलाई बुधवार पसलबाटै नियन्त्रणमा लिएपछि विरोधमा उत्रिएका स्थानिय व्यापारीले चक्का जाम गरेका छन् ।

उनीहरुले जलेश्वर वर्दिवास सडक खण्डमा बाँसका भर्‍याङ र ब्रेन्च तेर्स्याउनुका साथै टायर बालेर अवरोध गरेका छन् । सडक अवारेधका कारण वस,साना तथा ठूला सवारी साधनहरु रामगोपालपुरमै रोकिएका छन् ।

चौधरीलाई तत्काल रिहाईको माग गर्दै उनीहरुले रामगोपालपुरस्थित विद्यूत प्राधिकरणको महशुल काउण्टरमा समेत तालाबन्दी गर्दै नाराबाजी गरेका छन् ।उनीहरुले प्राधिकरणका कर्मचारीद्वय पुरुषोत्तम प्रसाई र मनोज यादवलाई काउण्टरमा थुनेका छन् ।

चौधरीलाई न छाडे महशुल काउण्टरमा आगजनी गर्नेसम्मको धम्की आउन थालेपछि कर्मचारी त्रासमा रहेको जनाईएको छ । आगजानीको धम्कीले काउण्टर राखिएको घर मालिकले समेत डराएर चौधरीलाई छाड्न फोन गरेपछि आफू दबाबमा परेको प्राधिकरणको जलेश्वर शाखाका प्रमुख माधवेन्द्र यादवले जनाए ।

चौधरी निर्दोष भएको व्यापारीहरुको दावी छ । निर्दोष व्यक्तिलाई नियन्त्रणमा लिएर प्राधिकरणले ज्यादती गरेको व्यपारीहरुको आरोप छ । चौधरीले आफ्नो पान पसलमा सब मिटर राखेर विद्यूत प्रयोग गरेको उनीहरुले जनाए ।

तर शाखा प्रमुख यादवका अनुसार विद्युतकर्मीले अघिल्लो दिन नै सुराकी प्रयोग गरी चौधरीले हुकिङ गरेको पत्तो लगाएको थियो । सोही सूचनाको आधारमा विद्युत चुहावट नियन्त्रण टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : चैत्र १४, २०७४ १५:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT