वन्यजन्तु तस्करको एम्बुसमा परी एक बालकको मृत्यु, ३ घाइते   

मोहन बुढाऐर

धनगढी — मोहना कारिडोरमा पर्ने शिवशक्ति सामुदायिक वन भित्र वन्यजन्तु चोरीतस्करी गर्ने समुहले थापेको विद्युतीय एम्बुसमा एक बालकको मृत्यु भएको छ । ३ बालक घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका २ घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

जंगलमा थापेको विद्युतीय एम्बुसमा परेर घाइते भएका एक बालक । तस्बिर : मोहन बुढाऐर/कान्तिपुर

धनगढी उपमहानगरपालिका- ११ बेला गाउँमा गएको शुक्रबार भएको घटनामा परि स्थानिय बाबुराम चौधरीको १२ वर्षीय छोरा अमन चौधरीको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै एम्बुसमा परेर सोही गाउँका तेजबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन, भक्तबहादुर पनेरुका १२ वर्षका छोरा सागर, र कर्णबहादुर कठायतका १२ वर्षका छोरा नविन घाइते भएका थिए। घाइते सागर र अर्जुनको अवस्था चिन्ताजनक छ। आइतवार दुवैजनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो।

Yamaha

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक बीरबहादुर बुढाले जंगलमा विद्युत पोलबाट तार तानेर करेन्ट विछ्याएका कारण उक्त घटना भएको बताए। ‘बेला गाउँबाट जंगल हुँदै शेहेयरी लगिएको हाइभोल्टेज विद्युतीय लाइनबाट चोरी गरि तानेको तारमा बालकहरु अल्झिन पुग्दा घटना भएको हो,’ डीएसपी बुढाले भने। घटनाको अनुसन्धान भइरहेको बुढाले बताए।

वनखेतको जंगलमा सुगाको गुँड निकाल्न खोज्दा अमनको खुट्टा स्याउँला मुनि छोपिएको तारमा अल्झिँदा घटना भएको घाइते नविन कठायतले बताए। ‘अमनले खुट्टा अट्कियो भनेर हातले झिक्न खोज्दै थियो। स्याँउलामा झल्ल आगो बल्यो, उ ढल्यो,’ नविनले भने, ‘तानेर बचाउन खोज्दा सबैलाई करेन्टको झट्का लागेर पछारियौं,’ आफनो होश खुलेपछि रुँदै घरतिर आउँदा अरुले आएर अस्पताल पुर्‍याएको उनले बताए।
खेतमा गहुँ काटिरहेकाले घाइते तीनै जना रगताम्य भएर कराउँदै आइरहेको खेतमा देखे पछि उद्धार गरिएको सामुदायिक मेलमेलाप केन्द्रकी सहजकर्ता पुष्पा भट्टले बताइन्। घटनास्थलको करिब एक बिगाहा क्षेत्रमा आगो लागेको भट्टले बताइन्। मृतक अमनको पुरै शरीर डढेको थियो। उनले वन्यजन्तु तस्करीले थापेको एम्वुसमा बालकहरु परेको दाबी गरेकी छन्।

भट्टका अनुसार त्यँही ठाउँमा एक साता अघि एउटा कुकुर पनि करेन्ट लागेर मरेको र केहि महिना अघि स्याउला बटुल्न गएकी शेहरीगाउँकी एक महिला करेन्ट लागेर घाइते भएकी थिइन्। गम्भीर अवस्थामा रहेका सागर र अर्जुनको काठमाडौंमा उपचार भइरहेको आफन्तले बताएका छन्। नविनलाई उपचार पछि घर लगिएको छ। ‘डाक्टरले भित्री असर छैन, बाहिर जिउमा मात्रै घाउ हुन, बिस्तारै ठिक हुन्छ भनेपछि घरमा ल्यायौं,’ नविनका बुवा कर्णबहादुरले भने। वडा नम्बर ११ का सदस्य उत्तम जोशीले बन्यजन्तु चोरी सिकारी हुने गरेको बताए। ‘उनीहरुलेनै थापेको एम्वुसमा परि गाउँका बच्चाको मृत्यु भयो’उनले भने, ‘ प्रहरी प्रशासन र सरोकार निकायले चोरसिकारीहरु खोजी गरेर कठघरामा उभ्याउनु पर्छ।’ उनले घटना भएको ३ दिनसम्म घटनामा संलग्नको पत्ता नलागेको बताएका छन।

जिल्लाका प्रहरी प्रमुख बिनोद घिमिरेले विद्युतीय तार जंगलमा बिछ्याएर वन्यजन्तु तस्करी गर्नेको खोजी भइरहेको बताए। सामुदायिक उपभोक्ता समितिले आफ्नो वन क्षेत्रमा भइरहेको यस्ता गतिविधि नियन्त्रणका लागि बिशेष योजना बनाएर अघि बढ्नु पर्ने घिमिरेले बताए। सामुदायिक वनका अध्यक्ष जीतबहादुर रानाले चोरी सिकारी नियन्त्रणका लागि उपभोक्ता समितिले मात्रै नसक्ने हुँदा वन र प्रहरी प्रशासनको सहयोग चाहिने बताए।

Esewa Pasal

प्रकाशित : चैत्र २६, २०७४ १३:११
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेतृत्व परिवर्तन नभएसम्म कांग्रेसले गति लिँदैन : डा. शेखर कोइराला

रासस

चितवन — कांग्रेस नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । 


सोमबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए।

कांग्रेस सभापित शेरबहादुर देउवाप्रति कडा प्रतिक्रिया दिदै उनले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको आरोप लगाए।‘दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन,’ उनले भने, ‘पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ। जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन।’

विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने भन्दै उनले एक वर्ष ११ महिना समय रहेको भन्दै विधान अधिवेशन र महाधिवेशन गरेर पार्टीलाई जीवन्त बनाउन माग गरे।

फरक प्रसंगमा कोइरालाले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सम्बन्ध सुधारबाहेक नयाँ काम हुन नसकेको बताए। ‘नाकाबन्दीपछि बढेको तिक्तता पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै केपी शर्मा ओलीले केही सुधार गर्नुभयो।’ उनले भने।

डेढ वर्षअघि नै रेलको सर्भेका लागि भारत सरकारले बजेटमै ७८ करोड छुट्याएको र जलमार्गको विषय पनि पुरानै भएको उनको दाबी थियो।

कोइरालाले अहिलेका अर्थमन्त्री डा युवराज खतिवडा गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा आर्थिक अनुशासन भताभुङ्ग भएको भन्दै नेपालको अर्थतन्त्रलाई कम्युनिष्ट अर्थमन्त्रीहरुले नै प्रभावित पारेको आरोप लगाए।

उनले जनआन्दोलनपछि भएका सरकारमा अर्थ मन्त्रालयको नेतृत्व ७६ प्रतिशत कम्युनिष्ट र २४ प्रतिशत काँग्रेसले गरेको भन्दै अर्थतन्त्र बिगार्ने काममा काँग्रेस नभएर कम्युनिष्टहरु नै जिम्मेवार रहेको आरोप लगाए।

प्रकाशित : चैत्र २६, २०७४ १२:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT