कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ को स्वास्थ्य सेवा स्तर बढाउन कार्यदल गठन

अतुल मिश्र

काठमाडौँ — स्वास्थ्य विशेषज्ञहरुको प्रदेश २ को सरकारले स्वास्थ्य सम्बन्धी स्नातकोत्तर इन्स्टिच्युट बनाए मात्र त्यहाँ स्वास्थ्य सेवाको गुणस्तरमा सुधार हुने बताएका छन् । यसको लागि आवश्यक नियम कानुन बनाउनसमेत प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

प्रदेश २ को स्वास्थ्य सेवा स्तर बढाउन कार्यदल गठन

उनीहरुले प्रदेश २ को सबै प्रकारका सुचकहरु अत्यन्त कमजोर रहेको औल्याउँदै सरकारी स्वास्थ्य संस्थानमा शिक्षालाई नजोडेसम्म स्वास्थ्य सेवाको स्तरमा सुधार नहुने निचोडमा निकालेका छन् ।


राजधानीमा रहेका प्रदेश २ का २० जना भन्दा बढी नामचलेका चिकित्सकहरुको एउटा भेलाले त्यहाँको स्थानीय सरकारलाई त्यहाँको जनताको स्वास्थ्य स्थितिमा सुधार ल्याउन तत्काल ‘स्वायत्त पिजि इन्स्टिच्युट’ बनाउन आग्रह गरेका छन् । उक्त वैठकले प्रदेश २ को स्वास्थ्य स्थितिमा सुधारका लागि प्रा. डा. रामकेवल साहको संयोजकत्वमा ५ जनाको कार्यदल समेत गठन गरेको छ ।


प्रदेश २ मा पाँच जिल्ला अस्पताल, तीन अञ्चल अस्पताल, दुई मेडिकल र एउटा डेन्टल कलेज छ । प्रदेशका कुनै पनि अस्पतालमा उपयुक्त साधन, सुविधा र जनशक्ति नरहेको औल्याउदै डा. साहले भने, ‘हामी यो रिकोमेन्डेसन प्रदेश सरकारलाई पठाउने छौं ।’


स्वास्थ्य सेवाको गुणस्तर बढाउन प्रदेश २ मा भएका सवै स्वास्थ्य संस्थाको नेटवर्किङसमेत हुनुपर्ने उल्लेख गर्दै विज्ञहरुले जिल्ला अस्पतालहरुलाईसमेत सर्भिस सेन्टरका रुपमा विकास गर्नु पर्ने औल्याए ।


प्रकाशित : चैत्र २९, २०७४ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?