कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुङ्गा फुटाउँदा दुई चिनियाँ मजदुर घाइते

आश गुरुङ

लमजुङ — न्यादी जलविद्युत आयोजनाको ड्याम निर्माणस्थलमा ढुंगा फुटाउने क्रममा सोमबार दुई जना चिनियाँ नागरिक गम्भीर घाइते भएका छन् ।

ढुङ्गा फुटाउँदा दुई चिनियाँ मजदुर घाइते

ङादी नदीमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको ड्याम निर्माणका लागि पहरा फुटाउँदा माथिबाट खसेको ढुंगालाई जोगाउने क्रममा खसेर उनीहरु घाइते भएका हुन् ।


मर्स्याङदी गाउँपालिका–६ नाइँचे नजिकै जलविद्युत आयोजनाको ड्याम निर्माणका क्रममा खसेर चीनको हुपेइ -Hubei_ प्रान्तका ४५ बर्षीय लिङ काङ -Ling gang_ र च च्याङ -Zhe jiang_ प्रान्तका ५५ वर्षीय हुङ चकुइ -Hung Zigui_ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।


उनीहरु आफैंले पहरा फोर्दै गर्दा माथिबाट आएको ढुंगालाई जोगाउने क्रममा करिब २५ मिटर तल खस्दा गम्भीर घाइते भएको डीएसपी पदमबहादुर बिष्टले बताए । हुङ चकुइको टाउको र लिङ काङको खुट्टामा गम्भीर चोट लागेको छ । घाइते दुवै जनालाई उपचारका लागि काठमाडौं लगिएको डीएसपी बिष्टले बताए ।

घटनास्थल मस्र्याङदी गाउँपालिका–६ बाहुनडाँडाबाट करिब ३ घण्टाको दुरीमा पर्छ ।

प्रकाशित : वैशाख ३, २०७५ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?