कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टी एकताबारे ओली र दाहालले आन्तरिक गृहकार्य गर्ने

अढाई घण्टा एक्लाएक्लै वार्ता

काठमाडौँ — एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक गृहकार्य गर्ने भएका छन् ।

पार्टी एकतामा देखिएका विवाद निरुपण गर्न ओली र दाहालले पार्टीभित्र छलफल गर्ने भएका छन् । एमालेले सोमबार साँझ नै स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी एकताबारे ओली र दाहालले आन्तरिक गृहकार्य गर्ने

दाहालले पनि ओलीसँग भएका समझदारी/असमझदारीबारे पार्टीभित्र छलफल गर्ने भएका छन् ।


दुई नेताबीच मंगलबार बिहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ ।


दुई नेताबीचको लामो छलफलपछि पार्टी शिक्षक संगठनको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टी एकताको पक्षमा प्रतिबद्ध रहेको बताएका थिए ।


एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको चुनाव चिन्ह, अन्तरिम विधानमा जनयुद्ध शब्द प्रयोग र केन्द्रीय कमिटीको संख्या अनुपातमा सहमति भएको छैन ।


माओवादी केन्द्रले केन्द्रीय कमिटीमा बराबरीको सिद्धान्तसहित जनयुद्ध शब्दको प्रयोग गर्नुपर्ने अडान लिएको छ । उसले सूर्य चिन्हको विकल्प खोज्न सुझाएको छ । एमालेले भने जनयुद्ध शब्दमा सहमति जनाएको छैन भने सूर्य चिन्ह हुनुपर्ने अडान लिएको छ । हैसियतअनुसार अनुपात निर्धारण गर्नुपर्नेमा एमालेको जोड छ ।


प्रकाशित : वैशाख ३, २०७५ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?