इमाडोलमा बस दुर्घटना, १६ यात्रु घाइते

जनकराज सापकोटा

काठमाडौँ — ललितपुरको लुभुबाट लगनखेल गइरहेको बा२ख ८६४ नम्बरको सार्वजनिक बस अनियन्त्रित भइ इमाडोलमा दुर्घटना हुँदा चालक सहित १६ जना घाइते भएका छन् ।

प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दका अनुसार बसका चालकको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उपचार किष्ट अस्पतालमा भइरहेको छ।

घाइतेमध्ये ९ जना सख्त घाइते भएका किष्ट मेडिकल कलेजका चिकित्सक सुरज बज्राचार्यले बताए। उनका अनुसार ३ जनाको शल्यक्रिया भइसकेको छ। उनले भने, 'घाइते यात्रुका हाड जोर्नी भाँचिएका छन्।'

घाइते मध्ये तीन जना डिस्चार्ज भइसकेको र सबैजना खतरामुक्त रहेको डिएसपी चन्दले बताए।

प्रकाशित : वैशाख ४, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्

गएराति हराएकी किशोरी आज बिहान मृत भेटिइन्

अमृता अनमोल

बुटवल — रुपन्देहीको ओमसतिया गाउँपालिका-६ नरेनापूरकी एक किशोरी मृत भेटिएकी छिन् । १४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् ।

हिजो राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी हराएकी थिइन् ।

घरपरिवारले घर वरिपरि खोजी गरेपनि प्रहरीलाई खबर गरेका थिएनन् । हराएकी किशोरीलाई आज बिहान साढे ८ बजेतिर खेतमा मृत अवस्थामा स्थानीयले देखेका थिए । अहिले भरखरै प्रहरी घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बालिकाको हत्या के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताए । किशोरीको मुख र खुट्टामा चोट लागेको छ । उनको गुप्तांगबाट समेत रगत निस्केको छ । स्थानीयले बलत्कार पछि उनको हत्या भएको दाबी गरेका छन् ।

प्रकाशित : वैशाख ४, २०७५ ११:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT