नेटवर्किङ व्यवसायी पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — पिरामिड शैलीको नेटवर्किङ व्यवसाय गरेको आरोपमा आइबोस ग्लोबल मार्केटिङका अध्यक्ष राजकुमार दंगाललाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार साँझ आइबोस ग्लोबल मार्केटिङको काठमाडौं चाबहिल चुच्चे पार्टीस्थित केन्द्रीय कार्यालयबाट दंगाललगायतलाई पक्राउ गरेको हो । काभ्रे पाँचखाल घर भएका दंगालले सन् २०१५ आइबोस संस्था चलाउँदै आएका थिए ।

उक्त संस्थाले जडिबुटीजन्य र विभिन्न शक्तिवद्र्धक औषधि, स्याम्पो, साबुन, ग्रिन–टीजस्ता सामग्री बिक्री वितरण गर्ने गरेको संस्थाको वेबसाइटमा उल्लेख छ ।

आइबोस संस्थाले नेपालका अलावा मलेसिया, भारत, कतार, यूएईमा पनि आफ्नो सञ्जाल विस्तार गरेको छ ।

प्रकाशित : वैशाख ४, २०७५ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्

चट्याङबाट महिलाको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको पाख्रिबास नगरपालिका-२ मा मंगलबार अपराह्न चट्याङबाट एक महिलाको मृत्यु भएको छ ।

प्रतिकात्मक तस्बिर

घटनामा स्थानीय ३४ वर्षीया कोपिला आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षासँगै चट्याङ पर्दा बेहोस भएकी मगरको उपचारका लागि धनकुटा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

प्रकाशित : वैशाख ४, २०७५ १९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्