२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

अमेरिकन पेस्तोलसहित एक पक्राउ

काठमाडौँ — विशेष सुराकीका आधारमा प्रहरीले अमेरिकामा निर्मित ७.९९ एमएमको पेस्तोलसहित पुकार सिकारीलाई पक्राउ गरेको छ । 

अमेरिकन पेस्तोलसहित एक पक्राउ

हेटौडा-९ घर भई हाल बाराको निजगढ बस्ने सिकारीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले ठमेलको ज्याठाबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली समेत बरामद गरेको छ । उक्त पेस्तोल उनको कुन प्रयोजनका लागि बोकेका थिए र कहाँबाट ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ ।


प्रकाशित : वैशाख ८, २०७५ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?