कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस बैठकमा गुरुङले भने- देउवालाई सभापतिमा गरेकाे प्रस्ताव फिर्ता

सबै संरचना भंग गरी छ महिनाभित्र अधिवेशन गर्न केन्द्रीय सदस्य गुरुङकाे माग

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाइतबार दिउँसाेदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको छ । 

कांग्रेस बैठकमा गुरुङले भने- देउवालाई सभापतिमा गरेकाे प्रस्ताव फिर्ता

अाइतबारकाे बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाह गरेको भूमिकाबाट दुखित भएको भन्दै १३ अाैं महाधिवेशनमा देउवालाई सभापतिमा गरेको प्रस्ताव फिर्ता लिएको घोषणा गरेका छन् । ‘मैले देउवाजीलाई १३ औं महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्ताव गरेको थिए । सभापतिका हैसियतमा उहाँको दुइवर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त दुखित हुन पुगेको छु,’ गुरुङले बैठकमा भने ।

उनले निर्वाचनमा पराजय भोग्नु पार्टीको नीति, कार्यकशैली वा नेतृत्वको असक्षमताका के कारणले भएको भन्ने समीक्षा हुनुपर्नेमा गम्भीरता नदेखिएको धारणा राखेका छन् । ‘वीपी कोइराले अवलम्बन गरेको बिचार र चिन्तनलाई छाडेका कारण कांग्रेस अहिलेको अवस्थामा पुगेको हो भन्ने मेरो निष्कर्ष छ । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिदै कहिले हामी उग्रबामपन्थीसंग अंकमाल गर्न पुग्यौं भने कहिले उग्र दक्षिणपन्थीसंग,’ गुरुङले बैठकमा पेश गरेको लिखित अवधारणामा उल्लेख गरेका छन् ।

पार्टीको तीनै तहको निर्वाचनमा भएको पराजयको जिम्मेवारी संसदीय समिति र केन्द्रीय कार्यसमितिले लिनुपर्ने बताए । कांग्रेस पराजको समीक्षा केन्द्रीय समिति, महधिवेशन वा महासमिति बैठकबाट सम्भव नभएको बताए ।

उनले जिल्ला, नगर र गाँउको नयाँ संरचना अनुसार पार्टीको विधान परिमार्जन गरी सबै तहको ६ महिनाभित्र सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।

आइतबारको बैठकमा प्रदीप पौडेल लगायतका केन्द्रीय सदस्यले पनि सभापति देउवाको आलोचना गरेका छन् ।

गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समिति बैठक चैत १६ गते पार्टीका नेता खुमबहादुर खड्काको निधनमा स्थगित भएकाे थियाे । शुक्रबार बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको थियाे।


प्रकाशित : वैशाख ९, २०७५ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?