कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले-माओवादीबीचको विवाद टुंगियो, दुइ व्यानर राखेर कार्यक्रम सञ्चालन

काठमाडौँ — विवाद मिलेपछि नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रम केहीबेर अघि सुरु भएको छ । 

एमाले-माओवादीबीचको विवाद टुंगियो, दुइ व्यानर राखेर कार्यक्रम सञ्चालन

काठमाडौंको राष्ट्रियसभा गृहमा दुइ वटा ब्यानर राखेर कार्यक्रम सञ्चालन गरिएको हो । पार्टी एकता संयोजन समितिको आयोजित कार्यक्रममा एमाले नेता विष्णु पौडेलले स्वागत मन्तव्य राखेका छन् । कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नेछन् ।


नेपालमा कम्युनिस्ट पार्टी स्थापना तथा भीआई लेनिनको जन्मजयन्तीका अवसरमा आइतबार सभागृहमा आयोजना गरिएको कार्यक्रममा लेनिन र माओको फोटो नराखिएको भन्दै एमाले-माओवादी कार्यकर्ताले होहल्ला गरेपछि कार्यक्रम अवरुद्ध भएको थियो । हुटिङ पछि ब्यानर नै हटाइएको थियो ।

दुई पार्टीका शीर्ष नेतासहितको छलफलमा नयाँ र पुराना व्यानर राख्ने समझदारी भएपछि कार्यक्रम सञ्चालन भएको छ ।

प्रकाशित : वैशाख ९, २०७५ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?