३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

सेवाग्राहीसँग कमिसन लिने क्रममा सहायक प्रबन्धक काफ्ले पक्राउ

रवीन्द्र उप्रेती

महोत्तरी — सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन् । 

सेवाग्राहीसँग कमिसन लिने क्रममा सहायक प्रबन्धक काफ्ले पक्राउ

सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई ५० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो ।


बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा १० लाख ऋण स्विकृत गराइदिएबापत कमिसन लिने क्रममा कार्यकक्षबाटै काफ्ले पक्राउ परेका हुन् ।


१० लाखको पाँच प्रतिशतका दरले ५० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख सुशीलसिंह राठौरले बताए ।


काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रठौंले बताए । उनले भने, 'हाम्रो नियन्त्रणमा छन् । अब काफ्लेलाई काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा पठाउने तयारी हुँदैछ ।'

प्रकाशित : वैशाख १०, २०७५ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?