कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेविसंघ नेतृत्व अक्षम’

काठमाडौँ — नेपाल विद्यार्थी संघको नेतृत्व विधानविपरीत चलेको भन्दै संघका असन्तुष्ट पदाधिकारी तथा सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । 

‘नेविसंघ नेतृत्व अक्षम’

नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको असन्तुष्ट समूहले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापनपत्र बुझाएको हो ।


त्यस क्रममा असन्तुष्ट नेताहरूले कम्युनिस्टहरूको भय र त्रासका विरुद्ध संगठित हुँदै लोकतन्त्रको रक्षाका लागि जुट्नुपर्नेमा नेतृत्व सुस्त र अक्षम भएको बताए । देउवाले नेविसंघको समस्याका बारेमा आफू जानकार रहेको बताउँदै समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । ज्ञापन बुझाउन जाँदा नेताहरूले तत्काल महाधिवेशनको माग राख्दै नाराबाजी गरेका थिए ।

प्रकाशित : वैशाख १०, २०७५ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?