कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक मेमा पार्टी एकीकरण घोषणा हुन सक्छ : दाहाल

रमेशकुमार पौडेल

चितवन — माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन मे एक अर्थात बैशाख १८ वा त्यस वरपर एमालेसँग पार्टी एकीकरणको घोषणा हुन सक्ने बताएका छन् । मंगलबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले वैशाख १४ गते बस्ने बैठकले एकीकरणको मिति तय गर्ने बताए ।

एक मेमा पार्टी एकीकरण घोषणा हुन सक्छ : दाहाल

यसअघि वैशाख नौमा दुई पार्टीबीच एकीकरण हुने चर्चा थियो । तर त्यस दिन काठमाडौंमा संयुक्त रुपमा लेलिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस मनाए पनि पार्टी एकीकरणको घोषणा भएन । ‘नौ गतेको कार्यक्रमपछि आज बिहान दुवै पार्टीका अध्यक्ष बस्यौं र १४ गतेसम्म एकीकरणको मितिलाई निश्कर्षमा पुर्‍याउने समझदारी गरेका छौं,’ पत्रकारहरुलाई दाहालले जानकारी गराए ।


‘मे फर्स्ट’ वा ‘मे फाइब’सम्म एकीकरण घोषणा होस भन्ने आफुहरुको प्रयास रहेको उनले बताए । ‘दुई चार दिन ढिलो होस तर राम्रो होस भन्ने तिर हाम्रो ध्यान छ । हतारमा एकता गर्ने तर पछि ए यो कुरा पहिल्यै सल्लाहा गर्नु पर्दैन थियो भन्ने नहोस भनेर छलफलमा जुटेका हौं,’ दाहालले भने । प्रधानमन्त्री र आफ्नो कार्याव्यस्तताले राम्रोसँग छलफल हुन नपाएको उनले बताए ।

प्रकाशित : वैशाख ११, २०७५ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?