२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

अरुण तेस्रो आयोजनाको कार्यालयमा बम विस्फोट

रासस

संखुवासभा — नेपाल भ्रमणका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी शर्मा ओलीले संयुक्त रुपमा उद्धघाटन गर्ने भनिएको अरुण तेस्रो आयोजना अन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति पुगेको छ । 

अरुण तेस्रो आयोजनाको कार्यालयमा बम विस्फोट

गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।


बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उनले बताए ।


९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सरकारको लगानी रहेको आयोजना प्रवर्धक कम्पनी सतलजले बनाउन लागेको हो ।

प्रकाशित : वैशाख १६, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?