कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवादस्पद फैसलामा जोडिएका न्यायाधीश सर्वोच्चमा तानिए

कृष्ण ज्ञवाली

काठमाडौँ — बहुविवाहको एक मुद्दामा गरेको फैसला विवादित भएपछि जिल्ला न्यायाधीश चुरामन खडका सर्वोच्च अदालत तानिएका छन् ।

विवादस्पद फैसलामा जोडिएका न्यायाधीश सर्वोच्चमा तानिए

कामु प्रधानन्यायाधीश दीपकराज जोशीको संयोजकत्वमा रहेको सर्वोच्च अदालतको विशेष समितिले शुक्रबार उनलाई तत्कालका लागि सर्वोच्चमा तानेको हो । कामु प्रधानन्यायाधीशसहित ५ जना वरिष्ठ न्यायाधीश उक्त समितिमा रहन्छन् ।

यो पनि पढ्नुहोस्

जब चिन्दै नचिनेको व्यक्तिलाई अदालतले श्रीमान् बनाइदियो...

समितिले उनी दाङ जिल्ला अदालतमा हुँदा गरेको फैसलामाथि समेत अनुसन्धान थालेको छ । खडका भने जिल्ला अदालत काठमाडौंमा कार्यरत थिए ।


‘समितिले गरेको अनुसन्धानमा प्रारम्भिक दृष्टिले नै केही अस्वाभाविक संकेत देखिएकाले यो कदम चालिएको हो,’ सर्वोच्च अदालतस्रोतले भन्यो, ‘अनुसन्धानका क्रममा न्यायिक विचलन देखिए फाइल न्यायपरिषद् जानेछ र त्यहाँबाट थप कारबाही हुन सक्छ ।’

स्रोतका अनुसार यसअघि नै पीडित पक्षले सर्वोच्चमा पेस गरेको कागजातसमेतको प्रारम्भिक अध्ययनपछि समिति यस्तो निष्कर्षमा पुगेको हो । कान्तिपुर दैनिकको अनलाइन संस्करणमा प्रकाशित समाचारका आधारमा समितिले छानबिन थालेको हो ।


सर्वाेच्चको विशेष समितिमा ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की र केदार चालिसे सदस्य छन् ।

प्रकाशित : वैशाख १६, २०७५ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?