कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

रासस

सिमरा — बाराको चुरियामाईमा बुधबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नम्बरको बसलाई ना५ख ३५८२ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवापनुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख दिलीपराज झाले बताए ।


नेल्टा झापाको एक्सेस कार्यक्रमअन्तर्गत पोखरामा हुने एक्सेस कार्यक्रममा जान लागेका स्कूले विद्यार्थी बिहान २ बजे दुर्घटनामा परेका हुन् । चालिस घाइतेमध्ये एकजनाको काठमाडौं, ६ जनाको भरतपुर र अन्य ३३ जनाको हेंटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७५ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?