कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्याब्सन र एनप्याब्सनमा तालाबन्दी

रासस

काठमाडौँ — संयुक्त विद्यार्थी संगठनले बुधबार निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै देशभरका निजी विद्यालयको संगठनको कार्यालयमा तालाबन्दी गरेका छन् । 

प्याब्सन र एनप्याब्सनमा तालाबन्दी

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैटौँ)ले बुधबार निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन) को कार्यालयमा तालाबन्दी गरेको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।


विद्यार्थी संगठनले डिल्लीबजारस्थित प्याब्सनको केन्द्रीय कार्यालय र कुपण्डोलस्थित एनप्याब्सनको केन्द्रीय कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।


सरकारद्वारा जारी ‘सस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२’ विपरीत बढी शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरु चरणबद्धरुपमा आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित : वैशाख १९, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?