कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिँचाइ अर्थतन्त्रको आकार बढाउन महत्वपूर्ण : ऊर्जामन्त्री

काठमाडौँ — ऊर्जा मन्त्री वर्षमान पुनले समग्र अर्थतन्त्र र विकासको आकार बढाउन सिँचाइ महत्वपूर्ण भएको बताएका छन् । ‘सिँचाइले कृषि विकास गर्ने मात्र नभई समग्र अर्थतन्त्र बढाउन महत्वपूर्ण भूमिका खेल्छ,’ अन्तर्राष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसीआइडी) को ८ औँ एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै मन्त्री पुनले यस्तो धारणा राखेका हुन् ।

सिँचाइ अर्थतन्त्रको आकार बढाउन महत्वपूर्ण : ऊर्जामन्त्री

मन्त्री पुनले नेपालले सन् २०२२ सम्म विकासोन्मुख र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्य राखेको जानकारी समेत दिए । उक्त लक्ष्य पूरा गर्न पानी निकास तथा व्यवस्थापन जरुरी रहेको उनले बताए ।


‘हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन ३ दिनसम्म चल्नेछ । आइसीआइडी सिँचाइ, नदी नियन्त्रण एवं कृषियोग्य जमीनबाट पानी निकासका क्षेत्रमा वैज्ञानिक अनुसन्धान र प्राविधिक ज्ञान अन्तर्राष्ट्रिय रूपमा आदान–प्रदान गर्न गठित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो ।


सम्मेलनमा ३० देशका सय भन्दा बढी जलस्रोत तथा सिँचाइसँग सम्बन्धित विदेशी वैज्ञानिक र प्राविधिकको उपस्थिति छ । सम्मेलनमा नेपालबाट करिब ५ सय प्राविधिक एवं वैज्ञानिक सहभागी रहेका छन् ।

प्रकाशित : वैशाख १९, २०७५ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?