सुन तस्करी काण्डमा ६३ जनाविरुद्ध मुद्दा दायर

कान्तिपुर संवाददाता

विराटनगर — साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा बुधबार ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । तीमध्ये पक्राउ परेका २९ जनाका साथै फरार रहेका ३४ जना गरी ६३ जनामाथि मुद्दा दर्ता भएको हो ।

फाइल तस्बिर ।

यस घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले ६० दिनको अनुसन्धानको समय पूरा गरी सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्रसहित मुद्दा दर्ता गरेको हो ।

Yamaha

उनीहरुमाथि सन् २०१५ देखि हालसम्म १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्यबराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोबार गरेको भनेर बिगोसहितको अभियोग दर्ता भएको अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी भयो ।

आपराधिक समूह स्थापना, सञ्चालन गरी सुनचाँदी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्यज्यानसम्बन्धी उनीहरुमाथि छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ । छ जना पूर्व तथा वर्तमान प्रहरी पदाधिकारीमाथि सुनचाँदीको अवैध कारोवार सम्बन्धमा, छ जनामाथि ज्यान मुद्दा, १३ जना विमानका कर्मचारी र तीन जना सुन व्यापारी गरी २९ जनामाथि मुद्दा दर्ता गरिएको हो । गत माघ ७ गते दुवईबाट तस्करहरुले ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल काठमाडौँबाट हराएको थियो । हराएको सो सुन बेपत्ता पारेको भनेर तस्कर समूहमाथि मोरङको उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्या गरेको आरोप छ । उनको शव विराटनगरमा गत फागुन १८ गते एउटा गाडीमा फेला परेको थियो ।

त्यसअन्तर्गत मुद्दा दर्ता गरिएकामा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान र लालबहादुर मगर छन् । वीरेन्द्रमान श्रेष्ठ, सम्बीरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजु महर्जन, राजन थापा, अमरमान डङ्गोल, तुलाराम थारुमाथि मुद्दा दर्ता गरिएको छ ।

प्रहरीका छ पूर्व तथा बहालवाला पदाधिकारीविरुद्ध मुद्दा

सुन तस्करी प्रकरणमा पक्राउ परेका सात जना प्रहरी पदाधिकारीमा पूर्वप्रहरी नायब महानिरिक्षक गोविन्दप्रसाद निरौला, बहालवाला वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षकत्रय सञ्जयबहादुर राउत, प्रजित केसी र बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णुबहादुर खड्का छन् ।

छानबिन समिति
यस घटनाको सम्बन्धमा गृह मन्त्रालयले गत चैत २० गते एक महिनाका लागि सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिमा राष्ट्रिय अनुसन्धान शाखाका निर्देशक हुतराज थापा, वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामा, गृह मन्त्रालयका उपसचिव भविष्वर पाण्डे, उपन्यायधिवक्ता हरि रेग्मी, प्रहरी उपरीक्षक सुदिप पाठक, प्रहरी निरीक्षक भीष्म हुमागाईं, कानून अधिकृत भोजराज दाहाल र सई सुमन कार्कीसहित नौ जना छन् ।

Esewa Pasal

प्रकाशित : वैशाख १९, २०७५ १९:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सिँचाइ अर्थतन्त्रको आकार बढाउन महत्वपूर्ण : ऊर्जामन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — ऊर्जा मन्त्री वर्षमान पुनले समग्र अर्थतन्त्र र विकासको आकार बढाउन सिँचाइ महत्वपूर्ण भएको बताएका छन् । ‘सिँचाइले कृषि विकास गर्ने मात्र नभई समग्र अर्थतन्त्र बढाउन महत्वपूर्ण भूमिका खेल्छ,’ अन्तर्राष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसीआइडी) को ८ औँ एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै मन्त्री पुनले यस्तो धारणा राखेका हुन् ।

मन्त्री पुनले नेपालले सन् २०२२ सम्म विकासोन्मुख र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्य राखेको जानकारी समेत दिए । उक्त लक्ष्य पूरा गर्न पानी निकास तथा व्यवस्थापन जरुरी रहेको उनले बताए ।

‘हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलन ३ दिनसम्म चल्नेछ । आइसीआइडी सिँचाइ, नदी नियन्त्रण एवं कृषियोग्य जमीनबाट पानी निकासका क्षेत्रमा वैज्ञानिक अनुसन्धान र प्राविधिक ज्ञान अन्तर्राष्ट्रिय रूपमा आदान–प्रदान गर्न गठित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो ।

सम्मेलनमा ३० देशका सय भन्दा बढी जलस्रोत तथा सिँचाइसँग सम्बन्धित विदेशी वैज्ञानिक र प्राविधिकको उपस्थिति छ । सम्मेलनमा नेपालबाट करिब ५ सय प्राविधिक एवं वैज्ञानिक सहभागी रहेका छन् ।

प्रकाशित : वैशाख १९, २०७५ १८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT