१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

दुनै फेरि बन्द

डोल्पा — नगरप्रमुखले ठूलीभेरी नगरपालिकाको केन्द्र सारेको भन्दै स्थानीय बासिन्दाले फेरि सदरमुकाम दुनै बन्द गराएका छन् 

दुनै फेरि बन्द

नगरप्रमुख गणेशबहादुर शाहीले जालसाजी गरेको स्थानीयको आरोप छ । यसअघि नगरपालिकाको अस्थायी केन्द्र दुनैमा राखिएको थियो । फागुन १४ गतेको राजपत्रमा केन्द्र जुफाल कायम गरिएको भन्दै सूचना प्रकाशित भएको थियो । अहिले जुफालबाट नगरपालिकाको कामकाज भइरहेको छ ।

साबिकको दुनै र रह गाविसका स्थानीयले बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म दुनै बजार बन्द गराएका छन् । बजार बन्द गराएका उनीहरूले नगरप्रमुखविरुद्ध नाराबाजीसमेत गरेका थिए । आन्दोलनकारीले दुनैमा केन्द्र फिर्ता नहुँदासम्म विरोध कायम रहने बताएका छन् ।

गत फागुन १६ देखि नगरपालिकाका वडा १, २, ३ र ४ दुनै, थाला, लोचा, दुनै र तिप्लाका बासिन्दा आन्दोलित छन् । आन्दोलनकारीले नगरप्रमुखले गरेका हरेक निर्णयको विरोध गर्ने, नगर कार्यपालिकाको बैठकमा उपस्थित नहुने, विकासका काममा अवरोध गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित : वैशाख २०, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?