कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदीको तीर्थाटनः 'आइतबारसम्मै मौसम गडबड हुनसक्ने'

अब्दुल्लाह मियाँ

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई लिएर बिहीबार विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ ।

मोदीको तीर्थाटनः 'आइतबारसम्मै मौसम गडबड हुनसक्ने'

महाशाखाका बरिष्ठ मौसमविद् बरुण पौडेलले परराष्ट्र मन्त्रालयको आग्रह अनुसार काठमाडौं, जनकपुर, पोखरा र मुस्ताङ (मुक्तिनाथ) को चार दिनको मौसमको भविष्यवाणी गरिएको हो ।


पौडेलका अनुसार शुक्रबार चार वटै स्थानको मौसम बिहीबार भन्दा सफा रहने भए पनि शनिबारदेखि फेरबदल आउने पूर्वानुमान छ । मुक्तिनाथ क्षेत्रमा शुक्रबार र शनिवार मौसममा गडबडी हुनसक्ने महाशाखाको अनुमान छ । ‘बिहान सफाजस्तो देखिए पनि अपरान्हपछि मौसममा गडबडी हुने देखिन्छ,’ उनले भने, ‘हिमाली क्षेत्रमा हिमपात र मध्यपहाडी क्षेत्रमा वर्षा हुने देखिन्छ ।’ महाशाखाले विशेष बुलेटिनमा पनि शुक्रबार र शनिबार अपरान्हपछि हिमपात र वर्षा हुनसक्ने उल्लेख गरेको छ ।


काठमाडौंमा पनि शनिबार अपरान्हपछि मौसममा गडबडी हुने पूर्वानुमान छ । शनिवार काठमाडौं, जनकपुर, पोखरा र मुक्तिनाथमा हावाहुरी, मेघगर्जनसहित वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । आइतबार पनि मुलुकका धेरै जसो भागमा मौसमी गडबडी हुने पौडेलले बताए ।

प्रकाशित : वैशाख २७, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?