कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार भएको चार दिनमै ‘गर्भ’

शिव पुरी

रौतहट — यहाँको चन्द्रनिगाहपुरमा बैशाख २० गते एक किशोरी बलात्कारको सिकार भइन् । घटनाको चार दिनमा उनको स्वास्थ्य परीक्षण गराउँदा गर्भ रहेको चिकित्सकले प्रहरीलाई रिपोर्ट दिए । रिपोर्ट हेरेर प्रहरी समेत आश्चर्यमा पर्‍यो । 

बलात्कार भएको चार दिनमै ‘गर्भ’

सर्लाही हरिवन-११ का मुकेश दास र रिजवान अन्सारीले बलात्कार गरेको भन्दै किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा किटानी जाहेरी दिएका थिए । त्यसअघि नै प्रहरीले दुबैजनालाई पक्राउ गरिसकेको थियो । बलात्कारको जाहेरीपछि ईलाका प्रहरीले किशोरीको स्वास्थ्य परीक्षण गराइएको थियो । त्यस क्रममा गर्भवती भएको रिपोर्ट आएको डिएसपी शान्तिराज कोइरालाले बताए । ‘हामीले किशोरीलाई यसअघि कसैसित यौन सम्पर्क भएको थियो कि थिएन भनेर सोध्यौ,’ उनले भने, ‘कसैसित थिएन । थाहा भएन । भन्ने जवाफ दिएपछि आश्चर्यमा परेका छौं ।’


चिकित्सकले गर्भवती भएको बताएपछि प्रहरीले किशोरीलाई पटक पटक सोधपुछ गरेको थियो । सिन्धुलीबाट हरिवन बजारस्थित दिदीको घरमा आएकी किशोरी साँझ घर फर्कने क्रममा बसपार्कमा दुई युवकले भेटेर घर पुर्‍याइदिने भन्दै रौतहट ल्याएर बलात्कर गरेको प्रहरीसमक्ष बयान दिएकी छिन् । किशोरीलाई उद्धृत गर्दै प्रहरीले भन्यो, ‘मोबाइल किनिदिने भन्दै झुक्याएर ल्याएका रहेछन् ।

शकिद पार्कमा गलत हर्कत हुन थालेपछि प्रहरीलाई खबर गरको हो । पक्राउ परेका युवकले बा२५प १३७८ नम्बरको मोटरसाइकलमा ल्याएर पार्कभित्र लगेका थिए । चन्द्रपुरमा दासले आफूलाई एक पटक जबरजस्ती यौन सम्पर्क गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन् । पक्राउ परेकाहरुले बलात्कार नगरेको दाबी गर्दै आएको प्रहरीले जनाएको छ । घटना अनुसन्धान भइरहेको प्रहरीले जनायो । पक्राउ परेका दुबैलाई करणीमा मुद्दा चलाइएको छ ।

प्रकाशित : वैशाख २७, २०७५ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?