कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–भारत सम्बन्धमा अब कुनै असमझदारी छैन : मोदी

पुराना सहमति र सम्झौता अब अघि बढ्छ : प्रधानमन्त्री ओली
चन्द्रशेखर अधिकारी

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धमा अब कुनै पनि प्रकारको असमझदारी नरहेको स्पष्ट पारेका छन् । ‘म यहाँहरुलाई स्पष्ट पार्न चाहन्छु नेपालको आन्तरिक मामिलामा हाम्रो कुनै ठूलो सरोकार छैन । यहाँका जनताको निर्णयलाई भारतले सधैं सम्मान गर्छ।,’

नेपाल–भारत सम्बन्धमा अब कुनै असमझदारी छैन : मोदी

उच्चस्तरीय भेटघाटमा मोदीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘दुई देशको सम्बन्धलाई उचाईमा लैजान भारत प्रयत्नशील छ ।’


उनले जनकपुरमा भएको नागरिक अभिनन्दन समारोहमा पनि केन्द्र र सातै प्रदेशमा शक्तिशाली सरकार बनेको र तीन निर्वाचन सम्पन्न हुनु भारतका लागि गौरवको विषय भएको बताएका थिए । त्यसपछि साँझ काठमाडौंमा भएको दुईपक्षीय छलफलमा पनि विगतको कुनै तुस नरहेको स्पष्ट पारेका हुन् । जनकपुर यात्रापछि काठमाडौं आएर राजनीतिक भेटघाटमा सक्रिय रहेका उनले नेपालको विकास प्रक्रियामा भारत सहयोगी बन्ने विश्वास दिलाए । नेपाल अब राजनीतिक स्थायीत्वसाथ विकास प्रक्रियामा अघि बढ्नुपर्ने उनको सुझाव थियो ।


‘मलाई नेपाल भ्रमणमा निम्त्याएर हार्दिक स्वागत र सत्कार गर्नुभयो त्यसको लागि भित्रैदेखि हार्दिक आभार ब्यक्त गर्दछु,’ शुक्रबार साँझ काठमाडौंको होटल द्वारिकाजमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालीमा नै भने । उनले नेपालसँगको पुरानो सम्पर्क रहेको समेत बताउँदै भने, ‘हरेक भारतीयको नेपालसँग सम्पर्क रहने गर्छ । कुनै न कुनै रुपमा सम्पर्क हुन्छ ।’


प्रधानमन्त्रीको रुपमा नेपालको यो तेस्रो यात्रामा आएको बताउँदै यसबाट स्पष्ट छ, ‘नेपाल र भारत सम्बन्धमा मेरो र सरकारको प्रतिबद्धता गहिरो छ । प्रधानमन्त्रीको रुपमा हुँ या नागरिकको रुपमा मेरो नेपाल यात्रालाई आफ्नो मान्दै गरेको सत्कारप्रति आभार ब्यक्त गर्दछु ।’ उनले आफूलाई परिवारको सदस्यको सहर सत्कार गरेको र स्वागत सत्कारको सम्मानको लागि प्रधानमन्त्री ओली, उनी नेतृत्व सरकार र नेपालीको लागि आभार समेत प्रकट गरे ।


‘नेपालको साथ भारतको सम्बन्ध दुई सरकारको सम्बन्धभन्दा धेरै माथि छ,’ प्रधानमन्त्री मोदीले भने, 'जनजन बीचमा समेत गहिरो सम्बन्ध छ । धर्म, संस्कृतिको सम्बन्धको साथै फरक फरक दृष्टिको सम्वन्ध रहेको छ ।’ अहिले सम्पन्न निर्वाचनलगायतको प्रक्रिया नेपालको इतिहासमा एक स्वर्णिम कालखण्डका रुपमा लेखिने समेत बताए ।


भारतमा प्रधानमन्त्री ओलीको समयमा भएका छलफललाई मुर्तरुप दिने विषयमा छलफल भएको उनले बताए । नेपाल भारत मिलेर नै दुवै देशको जनताको खुसी र सुखी जीवनमा अघि बढ्न सक्ने बताए । पाँच साताअघि भएको कैयन छलफल अहिले सहकार्यमा पुर्‍याउने काम भएको हो । छोटो समयमा सबै मुद्दामा काम अघि बढेको र केही सुल्झिसकेको पनि उनले बताए । तीन क्षेत्रमा सम्झौता हुने भनिए पनि पहिले भएको सहमतिको आधारमा काम अघि बढ्ने बताए । कैयन कामको सुरुआत भएका उनले जानकारी दिए । वाटरल्याण्डमा काम अघि बढेको र नेपाललाई ल्याण्ड लक होइन ल्याण्ड लिंक बनाउनेमा जोड गरेको पनि उनले बताए ।


पुराना सहमति र सम्झौता अब अघि बढ्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले नेपाल र भारतबीचको सम्बन्ध गहिरो र प्राकृतिक रहेको बताएका छन् । सम्बन्ध र साथित्वको विषयमा छलफल भएको बताउँदै यसलाई विकासको सहकार्यमा थप सशक्त बनाउने सहमति भएको बताए । दुईपक्षीय विश्वासलाई अझ उच्च बनाउने र दुवैपक्षलाई फाइदा हुने काम अघि बढाउन नेपाल तयार रहेको उनले बताए ।


नेपालको परराष्ट्र सम्बन्ध पछिल्लो परिवर्तीत विश्वमा केही नयाँ शिराबाट अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसतर्फ सरकार उन्मुख रहेको बताए । केही परिवर्तन र पुर्नभाषित गरिएको पनि उनले बताए । नेपाल र भारतबीच स्वतन्त्र मुलुकका साथै विकास र सहकार्यमा एकअर्कामा सम्बन्धित तथा निर्भर मुलुक रहेको पनि बताए ।


दुवै मुलुकबीच पहिला भएको सबै सम्झौतालाई अघि बढाउन केही तयारीहरु भइरहेको बारेमा समीक्षा भएको उनले बताए । यद्यपी यसमा सम्झौता हुने बताइएको भए पनि त्यो हुन सकेन । तर दुवै तर्फबाट काम हुने बताइएको छ । इनल्याण्ड वाटरवेज, कृषिमा सहकार्य, रेलमार्गमा आन्तरिक रुपमा काम भइरहेको उनले स्पष्ट पारे । अर्गानिक फार्मिङलाई अघि बढाउने विषयमा पनि छलफल भएको र त्यसमा सिघ्र काम हुने स्पष्ट पारे । दुवै पक्षलाई नेपालको टिमले त्यसमा पनि काम गर्ने उनले बताए ।


अरुण तेस्रोको संयुक्त शिलान्यास गरेर विकासको प्रक्रिया अघि बढेको संकेत गरेको भन्दै उनले भने सहकार्य र पुराना सम्झौताहरु अब अघि बढ्नेछ । ट्रान्समिसन लाइनदेखि धेरै विषमया छलफल भइरहेको पनि उनले बताए ।


भारतीय पक्षको पूर्वाधारले गर्दा नेपाली भागमा भएको डुवानको विषयमा पनि छलफल भएको छ र मनसुन अगावै यसमा संयुक्त टोलीले काम गरेर समस्याको समाधान खोजिने बताए । दुवै पक्षबाट यसमा सहमति भएको पनि उनले बताए ।

प्रकाशित : वैशाख २८, २०७५ २२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?