कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकता अन्तिम चरणमा : ओली

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले एकताको तयारी अन्तिम अवस्थामा पुगिसकेको बताएका छन् । युवा संघको स्थापना दिवस कार्यक्रमलाई सोमबार राजधानीमा सम्बोधन गर्दै उनले केही दिनको समय राखेर एकता गरिने बताए ।

एकता अन्तिम चरणमा : ओली

एकता भाँड्न खोज्नेलाई जवाफ दिन पनि एकताको अन्तिम तयारी भइसकेको ओलीले उल्लेख गरे । ‘एकता हुने विन्दुमा हामी पुगिसकेका छौं, मिति नै त नभनौं अब कुनै पनि हालतमा रोकिने स्थितिमा छैन,’ दुई दलको एकता प्रक्रियालाई नियालिरहेका एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘सकेसम्म छिट्टै एकता गर्ने तयारी छ ।’ पौडेलका अनुसार यो महिनाभित्र एकता भइसक्छ ।


सकेसम्म बजेट पेस गर्नुअघि नै पार्टी एकता गरी एउटै पार्टीको बहुमत रहेको सरकारको हैसियत देखाउने दुई दलको तयारी छ । त्यसका लागि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एकल छलफल चलिरहेको छ । सोमबार नै एमालेका अर्का नेता माधव नेपाल र माओवादी अध्यक्ष दाहालबीच पनि एकताकै विषयमा कुराकानी भएको थियो ।


चुनावी जनमतले एकअर्कालाई बाँधिसकेकाले छिटो टुंग्याउने दिशामा लाग्न नेपालले दाहाललाई आग्रह गरेका थिए । नेताहरूबीचको छलफलका आधारमा अब वाम एकता संयोजन समितिको बैठक बस्ने र त्यो बैठकले एकताको अन्तिम निर्णय गर्नेछ । माओवादी नेता एवं ऊर्जामन्त्री वर्षमान पुनले जेठ पहिलो साताभित्र पार्टी एकता हुने दाबी गरे । ‘सरकारको नीति तथा कार्यक्रम र बजेट आउनुअघि पार्टी एकता हुन्छ,’ उनले भने, ‘नीति तथा कार्यक्रम र बजेट एउटै पार्टीको हैसियतले तयार हुँदै छ ।’ उनले एमाले–माओवादीबीच सैद्धान्तिक र सांगठनिक विवाद मिलिसकेको दाबी गरे । ‘सबै कुरा मिलिसकेको छ,’ उनको दाबी छ, ‘दुई अध्यक्षबीच छिट्टै सहमति हुँदै छ ।’


माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताका लागि अन्तिम गृहकार्य भइरहेको उल्लेख गर्दै शंका गर्न नहुने बताए । मंगलबार ओली र दाहालबीच पार्टी एकताबारे छलफल गर्ने तय भए पनि हुन सकेन । बुधबार दुई नेताबीच छलफल हुने भएको छ ।

प्रकाशित : जेष्ठ २, २०७५ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?