एमालेले डाक्यो आकस्मिक स्थायी कमिटी बैठक

शेखर अधिकारी

काठमाडौँ — नेकपा एमालेले बुधबार ४ बजेका लागि आकस्मिक रुपमा स्थायी कमिटीको बैठक डाकेको छ ।एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बैठकमा माओवादीसँग गर्न लागेको पार्टी एकताको मिति यथाशक्य छिटो तय गर्नका लागि छलफल हुने छ ।

सरकार सञ्चालनमा असन्तुष्टि जनाएका माओवादीहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले देखाएको व्यवहारबाट थप रुष्ठ भएका थिए । पछिल्लो केही दिन यता चिसिएको सम्बन्धलाई सामान्य बनाउन प्रधानमन्त्री ओली आफैंले सकृयता देखाएका छन् । प्रधानमन्त्रीको सकृयतासँगै चिसिएको सम्बन्धमा सुधार आउनुका साथै एकता प्रकृयालाई पनि गति दिनुपर्नेमा दुवै दलका नेताहरु सहमत देखिएका छन् ।

Yamaha

Esewa Pasal

प्रकाशित : जेष्ठ २, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मन्त्रिपरिषद बैठक : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्प कँडेल

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारीका लागि राष्ट्रपति समक्ष सिफारिस 
सार्वजनिक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने
शेखर अधिकारी

काठमाडौँ — मंगलबारको मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा पुष्प कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

एमाले पार्टीको केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेलसँगै आयोगका सदस्यहरुमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट मीनबहादुर शाही र रामकुमार फुँयाललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।


यस्तै बैठकले सरकारी तथा उच्चपदस्थ व्यक्तिहरुको वैदेशीक भ्रमण निर्देशिका स्वीकृत गर्ने तथा सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पठाउने समेत निर्णय गरेको छ। त्यसै गरी सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता एवं सूचना राज्यमन्त्री गोकुल वाँस्कोटाले जानकारी दिएका छन्।

प्रकाशित : वैशाख ११, २०७५ १२:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT