कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकता सफल हुने ओलीको दाबी

काठमाडौँ — प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले एकता सफल हुने दाबी गरेका छन् । तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार अवलोकनपछि सम्बोधन गर्दै ओलीले अब कम्युनिष्ट आन्दोलन टुटफुटतिर नजाने र एकतालाई सफल बनाइने बताए ।

एकता सफल हुने ओलीको दाबी

ओलीले भने, ‘हाम्रो एकता अमरमात्रै रहँदैन, फल्छ, फुल्छ, सफल हुन्छ ।’ आफूहरु महान् उद्देश्यतर्फ अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस उद्देश्यमा अविचलित ढंगले अगाडि बढ्ने दृढता पनि व्यक्त गरे । ‘देशले हामीलाई जे अभिभारा सुम्पिएको छ । त्यो निष्ठा र दृढताका साथ पूरा गर्छौं ।’


एमाले र माओवादी केन्द्रको एकतालाई सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक नेपालको भलो चाहने तमाम जनताले स्वागत गरेका दाबी गर्दै उनले आफूहरुको एकता देशको पक्षमा रहेको बताए । ‘देश, जनताको हित, सैद्धान्तिक मूल्यमान्यता सबै चिज मिलाएर हामी मिलेका हौं । देश र जनताप्रति समर्पित छौं ।’ त्यसक्रममा अध्यक्ष ओलीले पुन: एकताका लागि आव्हान गरे ।


एकता प्रक्रिया जारी रहँदा विरोधीले एकता नहुने हल्ला गरेको र अहिले एकता टिक्दैन भनेर भाका फेरी जनतामा भ्रम छरिरहेको भन्दै उनले असन्तुष्टि पनि जनाएका थिए । एमाले र मा‌ओवादी केन्द्र बिहीबार एकताको घोषणापछि नेकपा बनेको हो । त्यसअघि नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले तत्कालीन एमाले कार्यालय धुम्बाराही पुगेर निरीक्षण गरेका थिए ।


नेकपा अर्का अध्यक्ष दाहालले अब कम्युनिस्ट पार्टी नयाँ गतिका साथ अगाडि बढ्ने जिकिर गरे ।


प्रकाशित : जेष्ठ ४, २०७५ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?