कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७०७ बालबालिकाले पाए अभिभावक

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको एकमहिने विद्यार्थी भर्ना अभियानमा ७ सय ७ बालबालिकाले अभिभावक पाएका छन् ।

७०७ बालबालिकाले पाए अभिभावक

विपन्न, गरिब, सीमान्तकृत, पछाडि परेका र अपांगता भएका देशभरका ७ सय ७ बालबालिकाको अभिभावकत्व ग्रहण भएको तथ्यांक शिक्षा विभागको अनिवार्य शिक्षा तथा बालअधिकार शाखाले संकलन गरेको हो ।

अभियानमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, जनप्रतिनिधिलगायतको सहभागिता थियो । ‘अभिभावकत्व ग्रहण भएको बालबालिकाको संख्या ७ सयभन्दा बढी छ,’ विभागका उपनिर्देशक नरहरि अर्यालले भने, ‘यो संख्या अझै बढी हुन सक्छ, तथ्यांक संकलन गर्ने क्रममै छौं ।’ विभागलाई जानकारी नदिई अभिभावकत्व ग्रहण गर्नेहरू पनि हुन सक्ने औंल्याउँदै उनले त्यस्तो भए जानकारी दिन आग्रह गरे ।

मन्त्रालयले शैक्षिक सत्रमा ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नारा दिएर भर्ना अभियान सञ्चालन गरेको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?