कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मैलुङ–स्याफ्रुबेंसीको ट्र्याक खुल्यो, यातायात मन्त्रालयलाई सडक हस्तान्तरण

रसुवा — हाल संचालनमा रहेको चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीसम्म पुग्ने मैलुङ–स्याफ्रुबेंसी सडकको ट्र्याक खोलेर नेपाली सेनाले यातायात मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

मैलुङ–स्याफ्रुबेंसीको ट्र्याक खुल्यो, यातायात मन्त्रालयलाई सडक हस्तान्तरण

आइतबार रक्षा मन्त्री इश्वर पोखरेलले उद्धघाटन गरेसँगै सेनाले सडकको जिम्मा यातायात मन्त्रालयलाई सुम्पिएको हो ।


नेपाली सेनाले सो सडकको ट्र्याक निर्माण सम्पन्न गरेसँगै गल्छी त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी हुँदै रसुवागढी पुग्न धुन्चे हुँदै जानुभन्दा लगभग ३० किलोमिटर छोटो पर्ने छ ।


सडक उद्घाटन कार्यक्रममा रक्षामन्त्री पोखरेलसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतका व्यक्तिहरु सहभागी थिए ।


नवनिर्मित दुई लेनको फराकिलो सडकलाई दुई वर्षसम्म भने वर्षाको समयमा सञ्चालन गर्न नमिल्ने नेपाली सेनाको प्राविधिक टोलीले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?