कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राष्ट्रपतिले पदीय मर्यादाको अवमूल्यन गरेको थापाको आरोप

प्रतिक्षा काफ्ले

स्याङ्जा — कांग्रेस नेता गगन थापाले राष्ट्रपति विद्या भण्डारीले पदीय गरिमा र मर्यादाको अवमूल्यन गरेको आरोप लगाएका छन् । 
नेपाल तरुण दलले आइतबार बिहान आयोजना गरेको तरुण प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रको एकता गराउन बैठक बोलाएर राष्ट्रपतिले पदको दुरुपयोग गरेको टिप्पणी गरेका हुन् ।

राष्ट्रपतिले पदीय मर्यादाको अवमूल्यन गरेको थापाको आरोप

पदको मर्यादा र गरिमा उच्च सम्मान र ख्याल गर्नसमेत राष्ट्रपतिलाई उनले आग्रह गरेका थिए ।


यस्तै प्रधानमन्त्री ओलीले कांग्रेसलाई होच्याउन समय खर्चेर अधिनायकवादी चरित्र प्रदर्शन गरिरहेको आरोप पनि नेता थापाले लगाए । उनले अंक गणितको धाक लगाउँदैमा कांग्रेस विचलित नहुने दाबी गरे । राणा शासन, राजालाई पराजित गर्दै आएको इतिहासलाई स्मरण गर्दै कांग्रेसले नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टिलाई अर्को चुनावमा पराजित गर्ने पनि उनको दाबी थियो । प्रधानमन्त्री ओलीले बहुमतको दम्भ देखाइरहेको भन्दै उनले जेट विमानमा टेम्पोको इन्जिन राखेर घमण्ड नगर्न सुझाव दिए । उनले भने, 'टेम्पोको इन्जिन राखेर जेट चलाएको भन्दै घमण्ड नगर्नु ।'

प्रकाशित : जेष्ठ ६, २०७५ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?