कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट

रासस

काठमाडौँ — प्रधानन्यायाधीश नियुक्तका लागि संवैधानिक परिषद्बाट तत्काल सिफारिश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट

संवैधानिक परिषद्, संघीय संसद्को सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विपक्षी दलका नेता तथा प्रतिनिधिसभालगायतलाई विपक्षी बनाई अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका छन् ।


तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर हदका कारण असंवैधानिक ठहर भएर वैशाख १ गते राजीनामा दिएपछि कामु प्रधानन्यायाधीशका रुपमा दीपकराज जोशीले काम गरिरहेका छन् ।


नेपालको संविधानको धारा २०८४ को उपधारा (३) बमोजिम प्रधानन्यायाधीशको पद खाली भएको एक महिनाभित्रमा नयाँ सिफारिश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।


न्यायपरिषद् सचिवालयले सर्वोच्चमा तीन वर्ष सेवा गरिसकेका कायममुकायम प्रधानन्यायाधीश जोशी र न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको भए पनि संसदीय सुनुवाइ समिति गठन नभएको हुँदा प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?