कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रकविलाई दिल्ली लैजाने तयारी

रामरञ्जन पौडेल

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उपचारका लागि विशेष विमानमा दिल्ली लैजाने तयारी भएको छ । पारिवारिक स्रोतका अनुसार बुधबार उनलाई दिल्लीको मेदान्त अस्पताल लगिनेछ । १२ दिनअघि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका घिमिरेको स्वास्थ्यमा सामान्य सुधार भए पनि आन्तरिक रक्तश्राव भने रोकिएको छैन ।

राष्ट्रकविलाई दिल्ली लैजाने तयारी

सेनाका मानार्थ सहायकरथी घिमिरेलाई मंगलबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अस्पतालमै भेटेका थिए । उनले उपचारमा सेनाको सहयोग रहने बताए । आन्तरिक रक्तश्रावको कारण पत्ता नलागेपछि विदेश लैजान परिवारस्रोतलाई सुझाएको चिकित्सक विवेक शर्माले बताए । ‘१२ दिनअघि अस्पताल भर्ना हुँदाभन्दा उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएको छ,’ डा. शर्माले भने, ‘रक्तश्रावको मात्रा घटे पनि कारण पत्ता लगाउन हाम्रो प्रविधि पर्याप्त नभएकाले विदेश लैजान सुझाएका छौं ।’ उनले इन्डोस्कोपी, कोलोनोस्कोपी, सीटी स्क्यान, सीटीएनजीओग्राफी गर्दा कुनै जटिल समस्या नदेखिएको बताए । सानो आन्द्रामा समस्या भएकाले रक्तश्राव भएको हो कि भन्ने लागेकाले ‘इन्टेटेरोस्कोपी’ गर्नुपर्ने उनको सुझाव छ । ‘हामीसँग यो प्रविधि छैन,’ उनले भने, ‘त्यसका लागि बाहिर जानुपर्ने बाध्यता छ ।’


राष्ट्रकविकी बुहारी विजेता घिमिरेका अनुसार ०७४ माघ २४ बाट सामान्य बिरामी परेका घिमिरेलाई सुरुमा फोक्सोको समस्या देखिएको थियो । भैंसेपाटीको मेडिसिटीमा उपचार गर्न जाने र आउने क्रमसँगै खुट्टामा सुजन भएपछि ग्रान्डी लगिएको हो । बढो उमेरसँगै सुगर, प्रेसर र पोस्टेडको समस्या देखिए पनि यसअघि अस्पताल नै भर्ना गरेर उपचार गर्नु नपरेको विजेताले बताइन् ।

प्रकाशित : जेष्ठ ८, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?