कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेस विकासलाई प्राथमिकतामा राख्न राजपाको आग्रह

काठमाडौँ — राजपाले मधेसलाई विकासको प्राथमिकतामा राख्न आग्रह गरेको छ । राजपा अध्यक्षमण्डलका सदस्यहरूले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर बजेट विनियोजन गर्दा मधेसलाई विशेष प्राथमिकता दिन आग्रह गरेका हुन् । 

मधेस विकासलाई प्राथमिकतामा राख्न राजपाको आग्रह

‘निरन्तर आन्दोलनले मधेसको विकास पछि परेको छ । अन्य प्रदेशको तुलनामा प्रदेश २ को आयस्रोत पनि कमजोर छ,’ राजपा नेताहरूले प्रधानमन्त्रीसँग भनेका छन्, ‘आगामी बजेटमा मधेसको विकासलाई विशेष प्राथमिकता दिइयोस् ।’


राजपा नेताहरूले संविधान संशोधन, बाढीपीडित, पुनर्निर्माण प्राधिकरण गठन, आन्दोलनक्रममा पक्राउ परी राज्यबाट मुद्दा चलाइएका आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता लिन माग गरेको भेटमा सहभागी अध्यक्षमण्डलका एक सदस्यले बताए ।


‘प्रधानमन्त्री संविधान संशोधन, प्राधिकरण गठनलगायत हाम्रा सबै मागमा सकारात्मक देखिनुभएको छ,’ ती सदस्यले भने । प्रधानमन्त्रीलाई भेट्न राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी र अनिल झा पुगेका थिए ।


राजनीतिक समिति बैठक जेठ २५ मा

महाधिवेशन मिति तोक्ने र संसदीय दलको नेता छान्ने विषयमा निर्णय लिन राजपाको राजनीतिक समिति बैठक जेठ २५ गते बस्ने भएको छ ।


राजपाले निर्वाचन सम्पन्न भएको साढे पाँच महिना बित्दा पनि संसदीय दलको चुनाव गरेको छैन । नेता केशव झाका अनुसार राजनीतिक समिति बैठकले यी विषयमा निर्णय लिनेछ ।

प्रकाशित : जेष्ठ ९, २०७५ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?