कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीले भोलि सदनमा जवाफ दिने

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आइतबार जवाफ दिने भएका छन् । 

प्रधानमन्त्रीले भोलि सदनमा जवाफ दिने

आइतबार बिहान ११:०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३:०० बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताए । गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गरेका नीति तथा कार्यक्रममाथि दुवै सदनमा भएका छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन् ।

प्रकाशित : जेष्ठ १२, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?