कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीति संरक्षणमा चुरे दोहन : मुख्यमन्त्री राउत

सन्तोष सिंह

धनुषा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत राजनीति बेइमानिका कराण चुरे संकटमा परेको बताए । अन्य प्रदेश भन्दा जनसंख्या बढी भएपनि सबै भन्दा कम रहेको जंगल पनि दलको वेइमानिका कारण फडानि भएर सिद्धिने अवस्थामा रहेको बताए ।

राजनीति संरक्षणमा चुरे दोहन : मुख्यमन्त्री राउत

फडानि भएको देखेपनि रोक्ने र कारवाहि गर्ने अधिकार छैन, उनले भने । करोडको खेलमा क्रसर फस्टाउदा चुरेको भविष्य संकरमा परेको उनले बताए ।


राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले जनकपुरमा अयोजना गरेको चुरे–तराई संरक्षण तथा व्यवस्थापन तथा परिचयात्मक कार्यक्रममा मुख्यमन्त्री राउतले टेबलमा नारा र सिद्धान्त बनाउने राजनीति दल व्यवहारमा फाइदाको नियतले काम गर्दा चुरे दोहन बढेको आरोप लगाए । चुरे संरक्षण्कालागि नारा भन्दा पनि प्रतिबद्ध हुनु आवश्यक छ, राउतले भने,‘ संघिय सरकार चुरे संरक्षणको सवालमा बेइमान छ । प्रदेश सरकार इमन्दार भएर चुरे संरक्षणकालागि प्रतिबद्ध छ ।’ चुरे संरक्षणकालागि गोष्ठि, सेमिनारमा राज्यको लगानि लगउदा चुरे झन दोहन भएको बताउदै चुरे संरक्षणकालागि राजनीति प्रतिबद्धतासंगै दिर्घकालिन संरक्षण योजनामा राउत जोड दिए ।


राजनीति दलकै सरंक्षण पाएर चुरे दोहन भएको म प्रत्यक्षदर्सी छु, राउतले भने,‘क्रसर उद्योगलाई वन मन्त्रालयले चुरे दोहन हुन नदिन निकासी रोक्दा उद्योग मन्त्रलायले निकासि खोल्न अनुमति दिए । एक मन्त्रालयले रोक्दा अर्को मन्त्रलायले क्रसर व्यवसायिबाट करोड अटने ब्रिफकेश लिएर खोल्ने आट कहाबाट आयो । चुरे जोगाउन राजनीतिदल इमन्दार हुनु पर्छ ।’ करोडको खेलमा क्रसर फस्टाउदा चुरे संरक्षण गोष्ठिमा सिमित भएको उनले आरोप लगाए ।


प्रदेश २ का आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले अन्न भण्डार मधेसको उब्जाउ उर्वर भुमि जोगाउन चुरे संरक्षणकालागि आवश्यक निति बनाउन प्रदेश सरकार तयार रहेको बताए । चुरे संरक्षणकालागि प्रदेश सरकर कडा बानुन ल्यउने तयारीमा छ, मन्त्री यादवले भने,‘चुरे दोहनले मधेसंग संगै भरतमा समेत समस्या हुने भएकोले .संघिय सरकारको नीति प्रष्ट हुनु पर्ने बताए । चुरे संरक्षण मानव रहित कि मनाव बिहिनको रुपमा अगाडी बढाउने प्रष्ट हुनु पर्छ ।’ चुरे क्षेत्रमा अबैध बसोवास गर्नेलाई सरकारले लालपुर्जा पनि दिने र चुरे संक्षणको लागि निति पनि बनाउने दोधारे नियतले चुरे संरक्षण हुन सक्दैन उनले भने । चुरे दोहनले मधेस कंगाल भएर मधेसमा पानी पिउने कल र इनार सुक्न थालेको उनले बताए ।


राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष बिरेन्द्र यादव जनसंख्या बढी भएको तर रिसोर्ष कम भएको प्रदेश २ मा चुरे संरक्षण गरी समृद्धिको अधार बनाउन सकिने बताए । प्रदेशको समृद्धिकालागि प्रतिकुलतामा अनुकलता ल्याउनु आवश्यक रहेको बताउदै यादवले अन्र्तराष्ट्रिय वतावरण दिवस जुन ५ का दिन प्रदेश सरकारले चुरे संरक्षणकालागि महत्वपुर्ण प्रतिबद्धता आउनु पर्ने सुझाव दिए । वर्षामा बाढी, डुवान, जाडोमा हुस्सु, शितलकर र गर्मी अध्यधिक गर्मीले मधेस प्राकृति विपतको जोखिममा रहेकोले जोखिम न्युनिकरणकालागि चुरे संरक्षण आवश्यक रहेको उनले भने । प्रदेश २ का सरकार, सांसद, विज्ञलाई राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकासका सदस्य सचिव हेम अर्याल र डा.नागेन्द्रप्रसाद यादवले चुरे तराई संरक्षण तथा व्यवस्थापन गुरुयोजना, नीति र कार्यक्रम तथा भवानि प्रसाद खरेलले नदी प्रणाली श्रोत व्यवस्थापन बारे जानकारी गराएका थिए । प्रदेश २ मा ५४ लाख ४ हजार १ सय ४५ जनसंख्याकालागि जंगलको ४.३६ प्रतिशत मात्र छ ।


चुरे संरक्षणको २० वर्षे गुरु योजना

भौगर्भिक , भौगोलिक अवस्था र परिस्थितिकीय प्रणाली अनुकर चुरे पहाड र भावर क्षेत्रका प्रकृतिक श्रोतहरु भुमि, पानी, वनस्पति, र जैविक विविधताको दिगो व्यवस्थापनसुनिश्चित गरी यहा वसोबास गर्ने समुदायको जलवायु परिवर्तण तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्युनिकरणकालागि राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले २० वर्षे गुरुयोजना बनाएको छ । गुरु योजनामा चुरे क्षेत्रको प्राकृतिक श्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकय सेवाको प्रवद्धन, गरिबी न्यनिकरण, र समृद्ध नेपालको लक्ष्यमा टेवा पुर्‍याउन ४२ मुख्य कार्यक्रम निर्धारण गरिएको छ ।


यस अघि चुरे संरक्षणकालागि आर्थिकव वर्ष ०६६/६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु भएको थियो । शुरुको चार वर्ष वन तथा भुसंरक्षण मन्त्रलायको वन विधाग र भ तथा जलाधार संरक्षण विभागद्वारा कार्यक्रम सञ्चाल भएको थियो । ०७१/७२ देखि राष्ट्रपति चुरे संरक्षण राष्ट्रपति गौरवको योजनाको रुपमा अगाडी बढेपछि चुरे क्षेत्रलाई वातावरणिय संरक्षण क्षेत्र घोषणा गरी राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति गठन भएको थियो । समितिले वन तथा भु–संरक्षण,कृषि, पशु पन्छी र सिचाइ मन्त्रलायका विभिन्न निकायहरु ल्गायत अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाहरु मार्फत कार्यक्रम गर्दै आएको छ ।


राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले २० वर्षे गुरुयोजनामा राष्ट्रिय स्तरको चुरे संरक्षण सम्बन्धी १० र २० वर्षे मध्यकालीन र दीर्घकालि योजनाहरु बनाएको छ । पहिलो खण्डमा ५ वर्षको नदि प्रणलि स्तरको विस्तृत योजना र दोश्रो पुरक खण्डमा ३६ वटा जिल्लाको ५ वर्षको जिल्लागत विस्तृत योजना समेटिएको समितिका सदस्य सचिव हेम अर्यालले बताए । चुरे–तराइ मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना अन्र्तगत १ सय ६४ नदी प्रणली मध्ये पहिलो ५ वर्षमा ६४ नदी प्रणलीमा नदी प्रणाली एकीकृत श्रोत व्यवस्थापन योजना निर्माण र कार्यक्रम कार्यान्वयन रहेको छ । समितिले प्राकृतिक श्रोत ह्रास न्यनीकरण तथा वातावरण स्थिरीकरण र उत्पादकत्व बृद्धि गुरु योजनाको उपलब्धीको रुपमा लिएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?