कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महराले झाडु लगाएर सुरु गरे स्वच्छ वातावरण महाअभियान 

काठमाडौँ — सभामुख कृष्णबहादुर महराले शंखापार्कमा झाडु लगाएर स्वच्छ वातावरण महाअभियान–२०७५ सुरु गरेका छन् ।

महराले झाडु लगाएर सुरु गरे स्वच्छ वातावरण महाअभियान 

विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबारदेखि स्वच्छ वातावरण महाअभियान सुरु भएको हो । सभामुख महराले काठमाडौंस्थित शंखपार्कको सडकमा झाडु लगाएर यसको उद्घाटन गरे ।


'स्वच्छ वातावरण निर्माणका लागि आफैबाट सरसफाइको शुरुवात गर्नुपर्छ' उनले भने, ‘सरसफाइ आफूबाटै शुरु गरौं, एक–एक इकाईबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ ।'


सरसफाई आम नागरिकको स्वास्थ्य, इज्जत, स्वस्थ र सबल जनशक्ति निर्माणसँग जोडिएको भन्दै उनले वातावरण दिवसकै दिनदेखि शुरु भएको अभियानले स्वच्छ देश निर्माणको यात्रालाई सफल बनाउने विश्वास व्यक्त गरे ।


सरसफाई कार्यक्रम अन्तर्गत शंखपार्कबाट सडक छेउछाऊको फोहर उठाउँदै शुरु भएको कार्यक्रम विशालनगर चोक हुँदै धुम्बाराही, पीपलबोटबाट पुन: शंखपार्कमा पुगेर समापन गरिएको थियो । सरसफाइ कार्यक्रममा सभामुख महराका साथै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी र उल्लेख्य सर्वसाधारणको उपस्थिति रहेका थिए ।


प्रकाशित : जेष्ठ १६, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?