२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

कारबाहीको माग गर्दै राजमार्ग बन्द

रासस

भक्तपुर — बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले शनिबार मध्यपुरथिमि–४ राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन् । 

कारबाहीको माग गर्दै राजमार्ग बन्द

शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख २७२२ नम्बरको बसले निकोसेराबाट आउँदै गरेको बा ४० प २०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा बस्ने २४ वर्षीय दीपक ख्याजुको मृत्यु भएको थियो ।


चालकलाई ज्यान मुद्दा लगाएर कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका हुन् । पीडित परिवार, आफन्त र स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत्त घेराउ गरी कारबाहीको माग गरेका छन् ।


बसका चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर च्यामासिंह बस्ने २८ वर्षीय दीपबहादुर प्रधानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २०, २०७५ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?