कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोस्रोचरणको विद्यार्थी भर्ना अभियान सुरु : शिक्षामन्त्री पोखरेल

रासस

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको बताएका छन् । 

दोस्रोचरणको विद्यार्थी भर्ना अभियान सुरु : शिक्षामन्त्री पोखरेल

साेमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बाेल्दै मन्त्री पाेखरेलले दोस्रोचरणको विद्यार्थी भर्ना अभियान सुरु भएको जानकारी दिएका छन् ।


विद्यालयमा बालबालिकालाई टिकाइराख्न अभिभावक, शिक्षक, स्थानीय निकाय सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले बालबालिका विद्यालय किन भर्ना भएनन् भन्ने जाकारी लिन सरकारले शिक्षा तथा मानव केन्द्रमा छुट्टै डेस्क स्थापना गर्न लागेको बताए । ‘कक्षा १ देखि ५ सम्म ११ हजार ९ सय ५१, कक्षा ६ देखि १२ सम्म ५९ हजार ७३३ बालबालिका भर्ना हुन बाँकी छन्, उनीहरुलाई विद्यालयमा ल्याउन दोस्रो चरणको भर्ना अभियान सुरु गरिएको हो ।’ उनले भने ।

प्रकाशित : जेष्ठ २१, २०७५ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?